महिला खबर
ललितपुर । नयाँ सरकारकाे मन्त्रिमण्डलमा एकजना पनि महिला समावेश नगरिएकोमा महिलाद्वारा विरोध भईरहेको छ । महिलाले सामाजिक सञ्जाल मार्फत अहिलेको मन्त्रिमण्डलको आलोचना र व्यंग्य गरिरहेका छन् ।
महिलाले फेसबुक स्टाटसमा गरेका विरोध र व्यंग्य
माओवादी केन्द्रकी सांसद रुपा महर्जन लेख्छिन्
लौ सबै माओवादी महिला सांसदहरू मरेछन् क्यारे, यस्तो लिष्ट आएछ ।
उर्जा मन्त्री (जनार्दन शर्मा)
सूचना तथा सञ्चार मन्त्री (राम कार्की)
कानुन मन्त्री (प्रभु शाह)
संघीय मामिला तथा स्थानीय विकास मन्त्री (हितराज पाण्डे)
शिक्षा मन्त्री (डीआर पौडेल )
पत्रकार आस्था के.सी, लेख्छिन्
महिलालाई हिजो जनयुद्धमा बन्दुक बोकाउन सजिलो भयो, राज्यसत्ताका हरेक निकायमा ५० प्रतिशत महिला सहभागी बनाइने छ भन्ने स्कुलिंग हुन्थे त्यतिवेला । पार्टीका तिन जादुगरी हतियार सेना, संगठन र मोर्चा सबैतिर आधाआधी महिला नै थिए। निती निर्माणका तहमा महिला सहभागिता किन कमजोर बन्दै गइरहेको हो रु कमसेकम संविधानकै मर्मलाइ आत्मसाथ गर्ने हो भने पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने हो। आज सत्तामा सहभागी बनाउने वेलामा किन यस्तो आनाकानी हो रु नौ नौ जनाको मन्त्रीमण्डलमा एकजना पनि महिला मन्त्री नवनाउनु त अत्ति नै भयो । होइन ए महिला नेताहरु अव आफ्नै पार्टी र नेतृत्वभित्रबाट आन्दोलन शुरु गर्ने बेला भएन र रु पुरुष प्रधान सामन्ती संरचनालाइ हामीले कहिलेसम्म दास मनोबृत्तिवाट चुपचाप सहिरहने हो ?
पत्रकार सुमिता ‘सेती’ तामाङ
माओवादीले लिङ्ग, जात र बर्ग हेर्दैन तर खट्केको कुरा भनेको खै महिला मन्त्री, खै महिला सल्लाहकार, खै महिला उच्च पदमा ? जे होस् नयाँ मन्त्री मण्डललाई कार्यकालको शुभकामना ।
पत्रकार अरुणा रायमाझी लेख्छिन्
‘राज्यको हरेक निकायमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने माओबादी । आफ्नै सरकारमा ५ हटाएर शुन्य । कुरीकुरी पम्फा, जयपुरी
Comment Here!