महिला खबर
उदयपुर। घरमै ६ महिनादेखि बाँधेर राखिएकी गर्भवतीलाई उद्धार गरी विहीबार हेटौँडाको मानव आश्रम ल्याईएको छ। उनलाई बुधबार स्थानीय अधिकारकर्मीले उद्धार गरेका थिए।
मानसिक सन्तुलन गुमाएका कारण परिवारले नै उनलाई बाँधेर राखेका थिए । पाँच महिनाकी गर्भवती सृजना कार्की खड्काको गैरसरकारी संस्था महासंघ उदयपुरले उद्धार गरी बुधबार उपचारार्थ जिल्ला अस्पताल उदयपुरमा भर्ना गरेको थियो। परिवारको सहमति मै उनको उद्धार गरिएको अधिकारकर्मीहरूले बताएका छन् । मंगलवार सञ्चार माध्यममा समाचार अाएपछि बुधवारै उनको उद्धार गरिएको थियाे ।
उनको सामान्य उपचारपछि हेटौँडा ल्याइएको हो। प्रहरी निरिक्षक उमा गुरुङको नेतृत्वमा पत्रकार र अधिकारकर्मीसहितको टाेलीले उनलाई हेटाैंडा ल्याइपुर्याएको हो । उनी गर्भवती भएका कारण तुरुन्तै उपचार गरेर अाैषधि दिनुभन्दा अाराम गराई सुत्केरी भएपछि राेगको उपचार थालिने बताइएकाे छ ।
त्रियुगा नगरपालिका भातिखर्कस्थित आफ्नै घर पछाडि बाँसको टाटीमा बाँधेर राखिएकी उनलाई महासंघकी अध्यक्ष महेश्वरी राईसहितको अधिकारकर्मीको टोली पुगेर त्रियुगा नगर प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल भर्ना गरिएको हो।
२२ वर्षीया सृजनालाई जिल्ला अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । सृजनालाई उनका श्रीमानले छोडेर हिँडेपछि बृद्ध सासु ससुराले बुहारी घर छोडेर हिँड्ने गरेपछि बाँधेर राख्न बाध्य भएको बताएका थिए।
थप समाचार
Comment Here!