रुपा गहतराज
नेपालगन्ज। दुई वर्षअघि मागी विवाहमा दाइजो नल्याएको भन्दै नेपालगन्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई परिवारले निर्घात कुटपिट गरेको छ। कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ। गम्भीर घाईते भएकी आसरुनको मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वर्षीय वसिम जोलहा र सासु बाबादैया जोलहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिनुभयो। घाइते जोलहालाई उपचारका लागि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएपछि घटना बाहिर आएको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार कुटपिट गर्ने परिवारका सदस्यविरुद्व ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ। आसरुनलाई पटक पटक दाइजो नल्याएको भन्दै घरमा श्रीमान सासु ससुराले कुटपिट गर्ने गरेको प्रहरीको भनाइ छ
Comment Here!