महिला खबर
धादिङ । महादेवबेसीको नवनिर्मित स्वास्थ्य चौकी भवनको स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठ र जर्मनदुतावासका कार्यवाहक राजदुत ज्याकलिन ग्रोथले उदघाटन गर्नुभयो । यसै अवसरमा धादिङका अरु आठवटा स्वास्थ्य चौकी भवन पनि जिल्ला स्वास्थ्य कार्यालय धादिङलाई हस्तान्तरण गरिएको थियो । नेपाल – जर्मनको पुननिर्माण कार्यक्रम सम्बन्धी रुपरेखामा आधारित जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा जि. आई. जेडद्वारा स्वास्थ्य चौकीका प्रिफ्याब्रिकेटेड भवनहरू निर्माण गरिएका हुन् ।
गतवर्ष वैशाखको विनाशकारी भूकम्पबाट विशेष रुपमा धादिङमा अत्याधिक क्षति पुगेको थियो । यो जिल्ल्लामा मात्रै करिब ६८० जनाको ज्यान गएको थियो भने एक हजार २१७ घाईते भएका थिए । यीमध्ये ६ जना स्वास्थ्यकर्मी समेत थिए ।
यो जिल्लामा ४६ वटा स्वास्थ्य चौकी र ४३ सुत्केरी केन्द्र आंशिक वा पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । धेरै स्वास्थ्य केन्द्र अस्थायी रुपमा संचालन भइरेको जीआइजेडले जनाएको छ ।
स्वास्थ्यमन्त्रालयसँगको साझेदारीमा, जर्मन विकास सहयोगले, धादिङ र नुवाकोट जिल्लामा ३७ वटा स्वास्थ्यचौकी पुननिर्माणमा सहयोग गर्दैछ । करिब ८० प्रतिशत प्रिफ्याब्रिकेटेडभवनहरू निर्माणसम्पन्न भईसकेको जीआइजेडद्वारा जारी विज्ञप्तिामा जनाइएको छ । यी सबै स्वास्थ्यचौकी भवन सरकारले तोकेको मापदण्ड ऊर्जा र पानी आपूर्ति, फोहोर व्यवस्थापन, आधारभूत फर्निचर गरी आधारभुत सुविधासहित निर्माण भइरहेको जनाइएको छ ।
जर्मन विकास सहयोगले नुवाकोट, रसुवा र धादिङमा जिविकोपार्जन, सामाजिक संरचनानिर्माण तथा पूननिर्माण र लैङ्गिक तथा समावेशी रुपमा व्यवसायिक तालिम आयोजना गरी सहयोग गरिरहेको विज्ञप्तिमा जनाइएको छ । जर्मन विकास सहयोगले धादिङ जिल्लालाई स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न सहायता गरिरहेको छ जसमा यौन र प्रजनन् स्वास्थ्य र स्वास्थ्यसूचना प्रणालीको बलियो व्यवस्थापन पर्दछ ।
Comment Here!