सोह्र वर्षदेखिको अनशन तोडिन् भारतिय अधिकारकर्मी शर्मिलाले


आफैँ मुख्यमन्त्री भएर विशेष अधिकार कटाैती गर्ने वाचा

प्रकाशित मिति :2016-08-11 16:27:33

महिला खवर
sharmilaएजेन्सी। १६ वर्षदेखि अनशन बसेकी भारत आसामकी ४४ वर्षीया अधिकारवादी इरोम चानु शर्मिलाले मंगलबार अनशन तोडेकी छिन् । शर्मिलालाई भारतिय ‘आइरन लेडी’ पनि भन्ने गरिएको छ । इरोम शर्मिलाले सशस्त्र सैन्यलाई विशेष अधिकार प्रदान गर्ने कानूनविरुद्ध भोक हड्ताल गरेकी हुन् ।

सन् २०००, नोभेम्बर महिनामा मणिपुरमा सरकारी अर्धसैनिक बल– आसाम राइफल्सका सुरक्षाकर्मीले १० जना मानिसलाई मारेका थिए। उक्त हत्याकाण्डपछि उनले अनशन सुरु गरेकी थिइन् । भारतमा उत्तरपुर्वका ७ राज्य र जम्मुकश्मिरमा खटिने भारतिय सुरक्षा फौजका लागि एक विशेष अधिकार छ । १९५८ मा लागू भएको सुरक्षा सम्बन्धि कानुनले सुरक्षा फैजलाई बिना वारेन्ट पक्राउ गर्न, घर खानतलासी गर्न र आवश्यक लागेमा गोली चलाउने अधिकार दिएको छ । उक्त घटनामा सुरक्षा फौजले यहि विशेष अधिकार प्रयोग गरी नर्दोष नागरिकको हत्या गरेको थियो ।

त्यसबेला उनले सरकारले सशस्त्र सुरक्षाकर्मीलाई दिएको विशेष अधिकार दिने विवादास्पद कानुनलाई परिवर्तन नगरेसम्म अनशन बस्ने घोषणा गरेकी थिइन् । तर उनले १६ वर्षदेखि सरकारले आफ्नो माग नसुनेकाले अब आफ्नो मागपुरा गर्न आफू राजनीति गरेर निर्वाचन जितेर मणिपुर राज्यको मुख्यमन्त्री भएरै सुरक्षाकर्मीले प्राप्त अधिकार हटाउने  घोषणा उनले गरेकी छन् ।

शर्मिलाले आफ्नो माग पुरा नभएसम्म घरमा पाइला नटेक्ने घोषणा समेत गरेकी छन् भने उनको आमाले पनि छोरीको संघर्ष सफल नभएसम्म नभेट्ने बताएकी छन् । उनको अनशनलाई संसारको सबैभन्दा लामो भोक हडताल भनिएको मानिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: