‘माधवी’ हेरेर फर्केपछि


प्रकाशित मिति :2016-08-11 16:45:29

जया लुईंटेल

Jaya

शिल्पीमा ‘माधवी’ हेरेर फर्केपछि,
ह्रदय रोइरहेछ ।

“गुरु”लाई रिझाउन
अश्वमेधी घोडाको खोजीमा हिंडेको गालबलाई नजिकैबाट भेट्दा,
ऐंठन भइरहेछ ।

“दानवीर” ययातीको “यश” ले मातिएको अहं देख्दा
उसको कायरतामा
अट्टाहस हाँसो छुटिरहेछ ।

विश्वका मित्र “विश्वामित्र”,
आठ सय अश्वमेधी घोडा तिमीलाई केका लागि चाहिएको रे ?
दासप्रथा अन्त्यका लागि हवन गर्न हैन ?

हरे !!!! माधवीलाई यौनदासी बनाएर दासप्रथा उन्मूलनका लागि हवन गर्ने ?
तिम्रो ढोंग देखेर त ख्वै, मलाई तिमिजस्ता धेरैप्रति
घिन जागिरहेछ ।

हर्यश्च, दिवोदास र उसिनराज,
तिमीहरुको निरंकुस र व्यभिचारी चरित्रको त म के कुरा गरौं,
क्रूरता जागिरहेछ ।

फेरि पनि गालब,
तिम्रो कथित “ गुभक्तिमाथि” मलाई
उदेक लागिरहेछ ।

तिमीले जब भन्यौ नि “माधवी मेरो रिन चुक्ता गर्ने माध्यम मात्रै हो ”,
तिम्रो स्वार्थप्रति मलाई
दिक्दारी लागिरहेछ ।

गालब , जब तिमी माधवीको पाउमा घुंघरु पहिर्याउँदै थियौ,
जब तिमी भोजनगरबाट निस्केर माधवीसंग एकाकार हुँदै थियौ,
अहिले पनि सम्झँदा मेरो तन मन
रोमाञ्चित भइरहेछ ।

तर फेरि,
तिम्रो दम्भ, अहंकार र स्वार्थ देख्दा
मेरो मन कुँड्डीरहेछ ।

माधवी ,
तिमीलाई जब तिम्रा “यशवान” “बाबु” ले दान गरिदिए,
तिम्रो अनुहारमा देखिएको त्यो डर थियो नि,
मेरो मन अहिले पनि काँपिरहेछ ।

सहस्र आँशु वगाउँदै, शरीर कमाउँदै वशुमनलाई तिमीले चुमेको क्षण सम्झँदा
अहिले पनि मातृत्व मेरो शरिरभरि
सल्बलाइ रहेछ ।

अन्तिममा,
जब तिमीले आफ्नो “चिर कौमार्य” पुर्नप्राप्तिका लागि,
अनुष्ठान नगर्ने निर्णय, दृढताका साथ सुनाएको देख्दा,
मेरो शिर गर्वले उच्च भैरहेछ ।

एक्लै पनि बाँच्न सक्छु भन्ने आत्मनिर्णय गरेर,
अनुहारमा कान्ति फैलाउँदै जब तिमी स्टेजबाट बाहिरियौ, त्यो देख्दा
नारी हुनुको गर्वले र त्यो आत्मसम्मानले उर्जा दिइरहेछ ।

२७ श्रावण, २०७३ काठमाडाैं

 

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: