नेपालकी पत्रकार सुबिना श्रेष्ठ इम्मी एवार्डका लागि मनोनित


प्रकाशित मिति :2016-08-11 17:11:48

महिला खबर

subina

द इन्टरनेशनल एकेडेमी अफ टेलिभिजन आर्टस् एण्ड साइन्सले  समाचार र समसामयिक विषयमा दिने पुरस्कार इम्मी एवार्डका लागि नेपालकी पत्रकार सुविना श्रेष्ठ पनि मनोनित भएकी छन्।

उक्त  पुरस्कारका लागि आठ जनामा  नेपालस्थित अल जजिराकी  संवाददाता श्रेष्ठ परेकी हुन् । उक्त पुरस्कार टेलिभिजन क्षेत्रमा फिल्मका लागि अस्कर एवार्ड र संगितमा ग्र्यामी जत्तिकै सम्मानित मानिन्छ ।  सुबिनाले नेपालमा भूकम्प २०१५ मा गरेको रिपोर्टिङ र समाचार संप्रेषणका आधारमा उक्त पुरस्कारका लागि  मनोनित गरिएको हो।

अन्य मनोनितमा  बसाईसराई संप्रेसणका लागि स्काई न्यूज, जीका संप्रेषणका लागि जर्नल नेशनल एण्ड फेन्टास्टिको, आईटिएन, सिरिया युद्धको समाचार संप्रेषणका लागि ग्लोबो न्यूज परेका छन्। विजेताको घोषणा भने २१ सेप्टेम्बरमा न्यू योर्कमा गरिनेछ।

द इन्टरनेशनल एकेडेमी अफ टेलिभिजन आर्टस् एण्ड साइन्सका सीइओ तथा अध्यक्ष, ब्रुस एल प्रेजनरले भने, ‘ अहिलेको क्षणिक संसारमा कसैले पनि संसारका घटनामा विचारहरू समाजिक संजालमार्फत व्यक्त गर्छन्, अहिलेका जर्नलहरू र खोज पहिलाभन्दा अझ बढी महत्वपूर्ण भएका छन्। हामी सबै मनोनितलाई उनीहरूको उत्कृष्ट प्रतिभाका लागि बधाई दिन्छौ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: