पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाको उम्मेदवारी


प्रकाशित मिति :2016-08-11 17:19:48

महिला खबर
ml

पोखरा । पोखरा उद्योग बाणिज्य संघकी पूर्व उपमहासचिव एवं वर्तमान कार्य समिति सदस्य हिरा भट्टराइले आसन्न ३१ औं अधिवेशनकालागि अध्यक्ष पदमा उम्मेदवारीमा घोषणा गर्नुभएको छ । विहीबार पत्रकार सम्मेलन गरी भट्टराईले अध्यक्ष पदका  लागि आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नुभएको हो ।

भट्टराइले आर्थिक समृद्धिका लागि सबल र सक्षम नेतृत्व आजको आवश्यकता रहेको भन्दै त्यसका लागि आफ्नो नेतृत्व क्षमता रहेको भन्दै अध्यक्ष पदमा दावेदारी प्रस्तुत  गरेको बताउनुभयो । ‘छ दशकसम्म पोखरा उद्योग बाणिज्य संघ पुरुषको नेतृत्वमा चल्यो अब समावेशी तरिकाले संघलाई नयाँ गति प्रदान गर्न महिलाको नेतृत्व आवश्यकता छ’ उहाँले भन्नुभयो ।

संघमा पाँच कार्यकाल महिला उद्यमी संयोजक, पहिलो महिला उप महासचिव समेत रहनु भएकी भट्टराइले संघको १४ वर्षे अनुभवले अब नयाँ नीति र कार्यक्रमका साथ समावेशी र साझा तरीकाबाट संघलाई अघि बढाउन आफू लागि पर्ने बताउनुभयो । उहाँले लैंगिक रुपमा महिला भएपनि आफ्नो उम्मेदवारी साझा भएको उहाँको भनाइ थियो ।

संघमा आवद्ध भएको १४ वर्ष पुरा भएको भन्दै यो अनुभवबाट आफू संघको नेतृत्व लिने क्षमता आफूसँग भएको भटट्राइले दावी गर्नुभयो   । पोखराको सर्वोपरि विकासका लागि  उद्योग विस्तार अपरिहार्य रहेको भन्दै आर्थिक समृद्धिका लागि स्वस्थ व्यवसायमा आफूले जोड दिने उहाँले बताउनुभयो ।  देशका प्रमुख पद महिलाले हाँकिरहेको वर्तमान परिवेशमा पोखरा उद्योग बाणिज्य संघको इतिहासमा पनि अब महिलाको नेतृत्व आवश्यक भएको भटटराइको भनाइ छ । आफ्नो नेतृत्वले आर्थिक समृद्धि र रोजगारको वातावरणमा विशेष जोड दिँदै व्यवसायमा महिलाको पहिचानलाई स्थापित गराउन लागि पर्ने बताउनुभयो ।

 पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाअधिवेशन भदौ ३१ र असोज १ गते हुँदैछ । भट्राइ बाहेक अन्य पाँच पुरुष प्रतिष्पर्धी अध्यक्षको आकांक्षी देखिएको छन् । उनीहरूको औपचारिक घोषणा भने हुन बाँकी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: