स्कुटरबाटै थुक्पा व्यवसाय


प्रकाशित मिति :2016-08-12 10:31:55

सर्मिला बुढाथोकी
दोलखा । आफ्ना  बालबच्चालाई सहरको राम्रो अझ वोर्डिङ स्कुलमा पढाउने चाहना सबै बाबुआमाको हुन्छ । दोलखा चंखुकी सर्कीनी शेर्पालाई पनि त्यही चाहनाले सदरमुकाम चरिकोट ल्यायो । तर समस्या थियो दैनिक गुजाराको ।  ठूलो व्यवसाय गर्न उनीसँग पर्याप्त पैसा थिएन, त्यसैले उनले गाउँमा नै हुँदा सिकेको चाउचाउ बनाउने सीपलाई उपयोग गर्ने योजना बनाईन् ।

13931648_10208270146206052_1004290005_o

सरसापट गरेर जोडजाम गरेको ५० हजार रुपैयाँले आवश्यक मेशिन औजार खरिद गरेर उनले सुरु गरिन् चाउचाउ उत्पादन तथा बिक्रि । अहिले साउनको झरी, हिउँदको तुफान, जाडो, घामको ताप यी कुनै कुराको पर्वाह छैन सर्कीनी शेर्पालाई । हरेक दिन मध्यान्हदेखि स्कुटरमा अगाडि झोला राखेर चरिकोट बजारको सानादेखि ठुला होटलसम्म चाउचाउको प्याकेट बोकेर धाउँछिन उनी व्यापार गर्न । चाउचाउको व्यापार  गर्नकै लागि स्कुटर किनेको बताउँछिन्  । स्कुटरमा चाउचाउ राखेर बेच्न थालेपछि भनेको समयमा सामान  पुर्‍याउन सकिएकाले व्यापार  समेत बढेको शेर्पाको भनाई छ ।

दोलखामा सबै भन्दाबढी खाजाको रुपमा प्रयोग हुने चाउचाउ व्यवसायबाट शेर्पा निकै खुशी छन् । भन्छिन् ‘चाउचाउ व्यवसायले पारिवारीक गुजारा, छोराछोरीको पढाई र उपचार खर्च गरेर अलि अलि बचत समेत हुने गरेको छ ।’ एउटाले जे व्यवसाय गर्‍यो अरु पनि त्यही व्यवसाय गर्न तम्सिनु भन्दा जे कुराको आवश्यकता छ त्यही व्यवसाय गर्न सकियो भने जिविकोपार्जनको लागि चिन्ता लिन नपर्ने शेर्पाको अनुभव छ । ‘ईच्छा शक्ति भयो भने थोरै लगानीले पनि व्यवासाय गर्न सकिन्छ, शेर्पा भन्छिन् – मैले थोरै लगानीबाट पनि राम्रैसँग व्यवसाय गर्न सकेकी छु ।’

13939960_10208270141125925_434782490_o

एक प्याकेट चाउचाउको ४० रुपैयाँ पर्छ । दिनमा झण्डै दुई सय प्याकेट चाउचाउ बेच्ने गरेकी शेर्पाको सबै खर्च कटाएर मासिक १२/१५  हजार रुपैयाँ आम्दानी हुने गरेको छ । त्यसबाट उनले मासिक ९ हजार रुपैयाँ बचत समेत गर्दै आएकी छन् ।  आफ्ना छोराछोरीलाई राम्रो र गुण्स्तरीय शिक्षा दिने उनको चाहना पनि पुरा भएको छ ।

सफा र ताजा चाउचाउ बिक्री गर्न सकेकाले अहिलेसम्म ग्राहकको गुनासो सुन्नु नपरेको उनको भनाई छ । उनका अनुसार कहिले काहीँ आफूले दिएको थुक्पा चाउचाउ होटलले बेच्न नसकेको बेला सटही गरिदिने र त्यो चाउचाउ बङ्गुरलाइ खुवाउने  गरिएको छ । नियमित रुपमा स्वस्थकर चाउचाउ ग्राहकलाई दिन सक्नु र आफ्नो जिविका चलाउन सक्नुले आत्मसन्तुष्टि मिल्ने गरेको शेर्पाले बताईन् ।

छोरा छोरी पढाउने बाध्यताले सुरु गरेको चाउचाउ व्यवसायले अहिले सर्किनी शेर्पाको जीवनस्तरमा समेत निक्कै परिर्वतन गरिदिएको छ ।  दैनिकी चलाउन नै हम्मे हम्मे भएको उनको आर्थिक अवस्थनमा निकै सुधार आएको छ ।  अहिले आफ्नो र छोराछोरीलाइृ कुनै दुःख नभएको सर्कीनी शेर्पाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: