महिला खबर
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको सार्क क्षेत्रीय महिला सामुदायिक नेताको गठबन्धनले राष्ट्रपति भवन, शीतलनिवासमा भेट गरेको छ ।
चाँदनी जोशीको नेतृत्वमा रहेको १४ सदस्यीय टोलीले राष्ट्रपति भण्डारीसँग भेट गरेको हो ।
भेटका अवशरमा सार्क क्षेत्रका महिलाको सशक्तीकरण, सबलीकरण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिनुभयो ।
Comment Here!