बालविवाह बढ्दो, परिवारको अनुमतिविना बिहे गर्ने बढ्दै


प्रकाशित मिति :2016-08-12 11:42:52

प्रकाश सिंह
बाजुरा । बाजुरा जिल्लामा बालविवाह बढदै गएको एक तथ्याङ्क देखाएको छ । जिल्लाका १२ गाविसमा वालविवाहका बारेमा गरिएको सर्वेक्षणले जिल्लामा वालविवाह बढदै गएको देखाएको हो ।

तस्विर : बाजुराको साप्पाटा गाविसमा कम उमेरमै विवाह गरेकी महिला । दुवैजनाले २० वर्ष उमेर नपुग्दै बच्चा जन्माएका हुन् ।

तस्विर : बाजुराको साप्पाटा गाविसमा कम उमेरमै विवाह गरेकी महिला । दुवैजनाले २० वर्ष उमेर नपुग्दै बच्चा जन्माएका हुन् ।

गाविस, गाउँ वाल संरक्षण समिति, सेभ द चिल्ड्रेन र पीसवीन बाजुराको सहकार्यमा भएको सर्वेक्षणमा ७० प्रतिशत वालविवाह भएको देखिएको सेभ द चल्ड्रेनका बाजुरा जिल्ला कार्यक्रम अधिकृत बाले बिश्वकर्माले वताए  ।

१२ वटा गाविसमा २०७२ सालमा ५ सय ७३ जनाले गरेको विवाह मध्ये ४ सय २ जनाले उमेर नपुगी अर्थात वालविवाह गरेका तथ्याङ्क आएको विश्वकर्माले जानकारी दिए  । वालविवाह गर्नेमा केटीको संख्या धेरै  छ ।  उमेर नपुगी विवाह गर्ने बालिकाको संख्या २ सय २९ र वालक १ सय ७३ रहेको तथ्याङ्कले देखाएको छ ।

जिल्लाका वाई, जगन्नाथ, पाण्डुसेन, कोटिला, जुगाडा, बुढिगंगा, मनाकोट, गुदुखाती, बाह्रबिस, बह्रमतोला, तोली र छतारा गाविसमा तथ्याङ्क लिइएको थियो ।

सर्वेक्षण गरिएका गाविसमध्ये सबैभन्दा धेरै वालविाह हुने गाविस तोली रहेको छ । उक्त गाविसमा ०७२ सालमा ८१ जनाले विवाह गरेको र यी सवै वालविवाह रहेका छन् ।

त्यस्तै बुढीगंगा गाविसमा ७७ प्रतिशत र छतारा गाविसमा ५४ प्रतिशतले वालविवाह गरेको पाईएको पीसविन बाजुराका कार्यक्रम संयोजक राम बहादुर रावतले् वताए  । बिहे गर्ने अधिकांश माध्यामिक तहमा अध्ययन गर्ने रहेका छन् । ५ प्रतिशत वालवालिकामात्र निरक्षर रहेको र बाँकी सबै साक्षर रहेक अध्ययनले देखाएको छ ।

बिहे गरेपछि २२ प्रतिशतले विद्यालय समेत छोडीसकेको तथ्याङ्कमा उल्लेख  छ । सरकारले अहिले २० वर्ष मुनिको विवाहलाई वालविवाह मानेको छ । तर, सर्वेक्षणले बाजुरामा १२ वर्षकै उमेरमा बिहे गर्ने गरेको पाईएको छ ।

सबै भन्दा बढी १५ देखि १८ वर्षको उमेरमा बिहे गर्ने गरेको पाईएको छ ।  ६ देखि १० कक्षा अध्ययनका क्रममा धेरैको विवाह हुने गरेका पाइएको छ  ।घरपरिवारको दवाव, अरुको देखासिकी, परम्परागत मान्यता र मोवाइल फोनका कारणले समेत वालविवाह बढेको  बाले बिश्वकर्मा बताउँछन् ।

छतारा की १२ वर्षीया काजु विकले कक्षा ६ मा पढदै गर्दा बिहे गरिन् । उनका अभिभावकको समर्थनमा उनको बिहे भएको थियो । तोलीकी १३ वर्षीया शुशिला बिष्टले गएको फागुनमा भागी बिहे गरिन् ।  बिद्यालय पढ्दा पढ्दै भागेर बिहे गरेको उनका आफन्तले वताए  । गुदुखाती ४ बस्ने १५ वर्षीया भरत धामीले पनि घरको सल्लाहविना बिहे गरेको वताए  । सर्वेक्षणमा ९१ प्रतिशतले आफूखुशी बिहे गरेको देखिएको छ  भने ९ प्रतिशले अभिभावकको सहमतिमा बिहे गरेको राम बहादुर रावतले वताए  ।

अशिक्षा, कानुनका बारेमा जानकारी नहुनु, परम्परागत मान्यताका कारण, महिनावारी नहुँदै बिहे गरिदिनु पर्छ भन्ने मान्यताका कारण पनि बाजुरामा वालविवाह बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दल बोगटी बताउँछन् । जिल्लामा वावविवाह बढदै गएपनि यीमध्ये कोहीपनि कानुनी दायरामा नआएको र अहिलेसम्म यसविरुद्ध उजुरी समेत नपरेको  बोगटीले वताए  ।

 उनले भने ‘अहिलेसम्म जिल्लामा वालविवाह गरेको वा गर्न दवाव दिएको भनेर एकजनालाई पनि कार्वाही भएको छैन् ।’ त्यस्तै वालविवाहविरुद्ध जिल्लामा जिल्ला विकास समिति, महिला तथा वालवालिका कार्यालय, गाविस, वालक्लव, युएनएफपीए, युनिसेफ, पीसवीन, लगायत सरकारी तथा गैरसरकारी संस्था सक्रिय छन् । तर वालविवाह घट्नुको साटो बढ्दै गएको बालअधिकार मञ्च बाजुराका अध्यक्ष मुकुन्द्र जैशी  वताउँछन्  । जिल्लामा पाँच वटा गाविस भने वालविवाह मुक्त घोषणा भइसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: