महिला खबर
कालिकोट । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पाठेघर क्यान्सर स्वास्थ्य परिक्षण शुरु गरेको छ । महिलामा पाठेघर क्यान्सरको निकै जोखिम हुने गरेका कारण जाँच शुरु गरेको अस्पतालले जनाएको छ ।
विवाहित ३० बर्षदेखि ६० वर्षसम्मका महिलालाई पाठेघरको मुखको क्यान्सर हुनवाट बचाउनका लागि पाठेघरको परिक्षण गर्न थालिएको छ । साउन २० गतेदेखि सञ्चालन भएको पाठेघरको मुखको क्यान्सरको परिक्षणमा हालसम्म १ सय ३० जना बिवाहित महिलाको पाठेघरको उपचार भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
परिक्षण गरिएका केही महिलाको पाठेघरको मुखमा अत्याधिक संक्रमण भएको उपचारमा संलग्न डाक्टर निरेश थापाले बताए । ‘स्वास्थ्य परिक्षण गरिएका पाठेघरको मुखमा अत्याधिक संक्रमण भएका महिलामा क्यान्सरको सम्भावना पनि बढी रहन्छ ।’ उनले भने,–‘हालसम्म अत्याधिक संक्रमण भएका महिला मध्ये २५ जना महिलालाई क्यान्सर हुने सम्भावना रहेको छ ।’
पाठेघर सक्रमण रोगले पीडित २५ जना महिलाको पाठेघरको संक्रमण भएको थप परिक्षणका लागि काठमाडौं प्यालोजिष्ट अस्पतालमा पठाइएको डाक्टर थापाले बताए । ‘संक्रमण भएको मासुको रिपोर्ट ४ हप्तापछि आउँछ ।’ उनले,–‘परिक्षणपछि एकिन रोगका बिषयमा थाहा हुनेछ ।’
कर्णालीमा सानै उमेर बिवाह गर्ने र उमेर नपुग्दै बच्चा जन्माउनाले महिलामा पाठेघर रोगको जोखिम रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
Comment Here!