स्वदेशमै रोजगारी सिर्जना गर्न युवासम्बन्धी थप ठोस कार्यक्रम आवश्यकः राष्ट्रपति
महिला खबर
काठमाडौं । गरिवी उन्मुलनमा युवा प्रतिवद्धताः उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नारासहित बिभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय युवा दिवश मनाइएको छ । यसै अवशरमा बिभिनन् उत्पादनमुलक क्षेत्रमा योगदान पुर्याएका विभिन्न क्षेत्रका युवा तथा युवाले नेतृत्व गरेका संस्थालाई सरकारले राष्ट्रिय युवा प्रतिभा सम्मानले सम्मानित गरेको छ ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले बिभिन्न क्षेत्रमा योगदान दिएका २० जना युवा तथा उनीहरूद्वारा सन्चालित संस्थालाई नगद पुरस्कारले सम्मान गर्नुभयो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा सम्मानित हुने संस्थामा समाजसेवाका लागि कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिबाट गुल्मीको पैँचो पसल प्राली, वातावरण तथा सरसफाइका लागि खाँदबारी, सङ्खुवासभाका डा राजु अधिकारी छन् ।
यसैगरि चित्रकला र सङ्गीतका लागि अपाङ्गता भएका अमीर लामा, कला र सङ्गीतका लागि शिव परियार, फलफूलका लागि ओखलढुङ्गाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ सम्मानित भएका छन् ।
त्यसैगरी पशुपालनका लागि पोखराका व्यवसायी दीपक तिमिल्सिना, कलासंस्कृतिका लागि ‘कालोपोथी’ चलचित्रका निर्देशक मीनबहादुर भाम, वैज्ञानिक खोज–अनुसन्धानका लागि काभ्रेपलाञ्चोककी डा सुमन सत्याल छन् ।
कार्यक्रममा खेलकुद विधामा १० जनालाई सम्मान गरिएको छ । उसु तर्फ निमा घर्ती मगर, जुडोकी फूपूल्हामु खत्री, फुटबलर नवयुग श्रेष्ठ, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, युवा क्रिकेटर सन्दीप लामिछाने, एथ्लेटिक्स खेलाडी विपना परियार, पौडीवाज गौरिका सिंह, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन सङ्घ छन् । पुरस्कृत सबैलाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको थियो ।
यस अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा नीति र ‘युथ भिजन–२०२५’ एक वर्षभित्र लागू गर्नुपर्ने बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न युवासम्बन्धी थप ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । देश विकासमा युवा परिचालन गर्न आग्रह गर्दै उहाँले भन्नुभयो – “युवा शक्ति पलायन रोक्न सबै वर्ग र समुदायका युवालाई उपर्युक्त प्राविधिक र जीवनोपयोगी शिक्षा दिँदै स्वदेशमै रोजगारी सिर्जना गराउनुपर्छ ।”
राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री श्रीपाइलीले युवा विकासको १० वर्षे योजना ९युथ भिजन–२५० सँगै ल्याइएका सबै नीति, कार्यक्रम तथा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । अब युवाका क्षेत्रमा सरकारले लगानी बढाउनेछु उहाँले भन्नुभयो ।
कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले करिब ४० लाख युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरुप आफूहरूले काम गरिरहेको बताउनुभयो ।
Comment Here!