महिला खबर
काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले मन्त्रिमण्डल विस्तार गर्दा न्यूनतम एक तिहाइ महिला सहभागिता हुनुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
सञ्जालले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटी मन्त्रिमण्डललगायत सरकारले गर्ने हरेक नियुक्तिमा एकतिहाइ महिला हुनुपर्ने मागसहितको ध्यानाकर्षणपत्र बुझाएको हो ।
संवैधानिक आयोग, कूटनीतिक निकाय र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ ।
यस अवसरमा प्रधानमन्त्री दाहालले आफ्नै पहलमा राष्ट्रपति र सभामुख महिला भएको अवस्थामा मन्त्रिपरिषद् र राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागिसमेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
Comment Here!