थापाथलीको आश्रममा विभादेवीको विजोग


प्रकाशित मिति :2016-08-12 16:09:36

नुनुता राई
preg4

ललितपुर । ‘महिना त यही हो, कव जन्मेगा’ विभादेवीले आफ्नो पेट हेर्दै भनिन् । ‘बहुत गाह्रो भएको छ ।’ उनले आफ्नो बच्चा जन्मिने महिना साउन नै भएको बताईन् । यही साउनमा । उनको यो छैटौँ बच्चा हो । उनी अहिले जम्मा २५ वर्षकी भईन् । उनका श्रीमान भने ७२ वर्षका छन् । चारजना छोराछोरी  । सबैभन्दा ठूली छोरी प्रिती साढे छ वर्षकी छन् । त्यसपछि उनका भाईहरू पुरुषोत्तम ५ वर्ष, विवेक ४ वर्षका र गणेश १४ महिनाका छन् । विभाले पुरुषोत्तमसँगै छोरी पनि जन्माएकी थिइन् । जुम्ल्याहा छोरी भने मृत जन्मिइन्  । नभए उनका अहिले पाँचजना  सन्तान हुन्थे । अब जन्मिनेले छ जना ।

preg

देशको सवै भन्दा ठुलो प्रसूति गृह नजिकै  थापाथलीस्थित राम मन्दिर गुठीभित्रको एउटा जीर्ण आश्रमको  साह्रै साँघुरो  कोठामा बस्दै आएकी पच्चीस वर्षीया विभाको अवस्थाले  राजधानी शहर काठमाडौंको खिल्ली उडाइरहेका भान हुन्छ ।  उक्त आश्रमको एउटा कोठामा चार सन्तान ७२ वर्षीय उनका श्रीमान जगरनाथ तिवारी  र उनी गरी छ जनाको परिवार बस्छ । कोठाको भित्ता ईटाले मात्र अडिएको जस्तो, सानो झ्याल, बाँदर छिर्छ भनेर बन्द गरिएको ।

मास्तिर हेर्दा टिनको छानाबाट देखिने आकास । पानी पर्दा चुहिएको पानी नलागोस भनेर तेर्साएको काठमा प्लाप्टिकको बाटा राखिएको । भुईमा धुजा भईसकेको चाउचाउ र विस्कुटको कार्टुन । एउटा काठको पिर्का । कुनामा पुरानो साईकल, खाना पकाउने स्टोभ र माटोको चुलो । दुईचार वटा स्टीलका थाल । एउटा अरुले नै दिएको प्रेसर कुकर । एउटा कराई । विभादेवी र उनको श्रीमानको सम्पत्ति ।

preg2सवैभन्दा शिक्षितहरू बस्ने भनिएको राजधानी, राज्यको शक्तिमा रहेका  मन्त्री प्रधानमन्त्रीदेखि हजारौं कर्मचारी दैनिक त्यो बाटो भएर ओहोरदोहोर गर्छन् ।  नजिकै ट्राफिक प्रहरी चौकी छ । तर, त्यही बाटोमुनि आश्रममा बस्ने विभा र उनको परिवारको  दयनीय अवस्थाले उनीहरूलाई गिज्याइरहेको छ ।

अधिकारको क्षेत्रमा काम गर्ने ठुलठुला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको खानी हो काठमाडौं । ठुलठुला विद्यालय, विश्वविद्यालय, अस्पताल यी सवै विभा र उन परिवारको  पहुँचबाट निकै टाढा छन् ।  उनी राजधानीमा त बस्छिन् तर राजधानीले उनलाई देखेको छैन, उनको अवस्थाबाट बेखवर छ । उनले १७ वर्षकै उमेरमा ६४ वर्षको पुरुषसँग विहे गरिन् ।  विहे गरेपछि उनका  वर्षेनी बच्चा जन्मिए ।  चिसो भुईमा बसिरहेकी विभाले आठ वर्षअघि आफूभन्दा  ४७ वर्ष जेठो जगरनाथ तिवारीसँग विवाह गरेकी हुन् ।

अहिले उनका श्रीमान जगरनाथ ७२ वर्षका भए । कबाडी संकलन गर्ने जगरनाथसँग विवाह गरेपछि विभाले बर्षेनी बच्चा जन्माईरहिन् । बच्चा सानो भएकाले उनी काम गर्न जान सकिनन् । बच्चा नजन्माउन  निलोकन व्हाईट नामक गर्भ निरोधक औषधी पनि खाईन् । त्यसलाई उनको शरीरले सहेन । शरिरभरि फोका आउन थालेपछि खान छोडिन् । अनि वर्षेनी जन्माईरहेकी छिन् बच्चा ।

उनले चारजना  बच्चा माईत जनकपुरमा जन्माईन् । अहिले माईत जाने गाडी भाडा भएन । यही छिन् । पहिलोपटक थापाथली प्रसूति गृहमा गएर गर्भ जाँच गरेको उनले बताईन् । उनले जाँच गरेको कागज हामीलाई देखाउँदै भनिन् ‘यही पेटमा आएपछि अस्पताल धेरै पटक गयो ।’

preg3तीनै बच्चा लिएर  त्रिपुरेश्वरस्थित मन्दिरमा माग्न थालिन् । जगरनाथले पुराना कागज, शिशा बोत्तल बेचेर ल्याएको र विभाले मागेर जोडेको पैसाले उनीहरूको छाक मुस्किलले टर्छ । विद्यालय जानेबेलाका बालबच्चा लिएर उनी मन्दिरमा माग्न बस्छिन् ।  छोरी पढाउन भर्नाका लागि जाँदा जन्मदर्ता मागेकाले  पढ्न नपाएको उनका श्रीमान जगरनाथले बताए । भने ‘जनमदर्ता ल्या भन्छ , रौतहट गएर ल्याउनुपर्छ भ्याको छैन ।’

उनीहरू बसेको कोठा भाडा मासिक पन्ध्रसय  रुपैयाँ महन्त रामेश्वर दासलाई बुझाउनुपर्छ । तर  महन्त रामेश्वर दासले भने भाडा नलिने दावी गरे  । महन्तकी आमाले रुखो स्वरमा पानी र विजुलीको पैसा तिर्न सबैसँग उठाउने गरेको बताईन् ।

त्यहीँ अर्को कोठामा बस्ने एकजना बाबाजीले पनि मासिक पन्ध्रसय तिर्ने गरेको बताए । महन्तसँग थप बुझ्न खोज्दा उनले यो विषयमा दख्खल नदिन भनेका छन् ।

महन्तले कोठा भाडा तिरेको अरुलाई सुनाएकाले कोठा छोड्न दबाब दिन थालेको विभाले बताईन् । महन्तकी आमाले अपशब्द प्रयोग गर्ने गरेको उनी बताउँछिन् । महन्तकी आमाले वर्षौँदेखि बस्दै आएकोले आफूलाई जे मन लाग्छ त्यही गर्ने प्रतिकृया दिइन् ।  महन्तले तत्काल गुठीको कोठा छोड्न भनेपछि विभा मानसिक तनावमा परेकी छन् । उनले ‘भनिन् अब यस्तो बेला काँ जाने । निस्केर जा भन्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: