पुननिर्माण महिलाका लागि अवशर, अव घरको गारो लगाउछौं


प्रकाशित मिति :2016-08-14 13:42:37

सर्मिला बुढाथोकी
दोलखा । तिमी सँगसँगै काम गरेर देखाउन सक्छु, कस्ले भन्छ महिलाले घर बाहिरको काम गर्नुहुदैन भनेर ? दोलखा सुरी गाविसकी ५६ बर्षिया मन्थीमायाले श्रीमानलाई दिएको चूनौति हो यो ।

  14012374_10208311588682088_1819299412_o

 घर धन्दामामात्र सिमित हुनुपर्छ भन्ने पुरुषबादी सोचले आक्रान्त भएको समाजमा आफ्नै श्रीमानलाई मनाएर घर रङ्गरोगनको काम गर्न बाहिर निस्कँदा आइपरेको अप्ठ्यारो मन्थीमाया अहिले स्मरण गर्छिन् ।

अहिले उनै मन्थीमाया श्रीमानसँगै काँधमा काँध मिलाएर भवन निर्माणको काममा सक्रिय छन् । रङ्गरोगनको काममा ठेक्का समेत गर्ने गरेकी मन्थीमायाको काम  नियमित हुँदा मासिक आम्दानी ४० देखि ५० हजार रुपैयाँसम्म हुने गरेको छ ।

‘घरको धन्दा गर बस न, म कमाएर ल्याउँछु भन्थे श्रीमान्’ मन्थीमाया भन्छिन्  । छोरीमान्छेले रङ्गरोगनको काम गर्‍यो भने मान्छेले राम्रो मान्दैनन् काममा जानुहुँदैन भनेर थुप्रै पटक श्रीमानको गाली खाएको उनीसम्झिन्छिन् । ‘पुरुषले गर्ने काम महिलाले गर्नुहुँदैन भन्ने के छ ? तिमीहरूले जस्तो महिलाले पनि कमाउन सक्छन् भनेर श्रीमानको वचन नाघ्ने गर्थें, अहिले श्रीमानको जीवनसाथी त छदै छु काम गर्ने ठाउँमा सहकर्मी पनि भएकी छु’ – मन्थीमायाले भनिन् ।

14010002_10208310772181676_644587627_n

घर बनाउँदा महिलाको काम समान्यतया इट्टा बोक्ने, वालुवा चाल्ने र पखाल्ने जस्ता हुन्, त्यसैले मन्थीमायाले यी काम होइन गारो लगाउनका लागि तालिम लिइरहेकी छन् ।

पहिले महिलाले घर बनाउनुहुँदैन भन्थे भूकम्पले ढालेका घर सबै महिलाले बनाएका हुन त  ? मन्थीले प्रश्न गरिन् ।

‘मलाई श्रीमानको कमाईमात्र खाएर बस्न मन लागेन र जर्वजस्ति काममा लागें अहिले भने श्रीमानबाट कुनै अवरोध भएको छैन, दुबैले कमाउने भएपछि श्रीमानले हेप्ने अवस्था पनि रहेन, घर पनि राम्रोसँग चलेको छ’ उनले भनिन् ।

एउटा परिवारमा सबैले योग्यता र क्षमता अनुसार काम गर्नु पर्ने मन्थीमायाको धारणा छ । त्यसैले म काममा लागेको उनी बताउँछिन् । मन्थीमायालाई थोरै पैसा कमाउन कै लागि पनि  विदेशिनेहरूदेखि उदेक लाग्ने गरेको छ ।  आँट र काम प्रति लगाव हुनेलाई स्वदेशमै राम्रो कमाई हने अनुभव उनले गरिसकेकी छन् । कामलाई ठूलो सानो नभन्ने हो भने कसैले पनि खाली हात बस्न नपर्ने उनी बताउँछिन् । भूकम्पपछि दोलखामा भवन निर्माण गर्ने मजदुरलाई भ्याई नभ्याई छ । युवा शक्ति विदेशिएका छन् । यो अवसरलाई सदुपयोग गर्न सके महिला पनि दक्ष जनशक्तिको रुपमा सावित हुन सक्छन् भनेर मन्थीमाया अहिले भवनको गारो लगाउने काम सिक्दै छिन् ।

13988906_10208310775661763_1073212379_n

नेपाल घरेलु तथा साना उद्योगको सहयोग तथा नेपाल बिजुली प्लम्बर तथा निर्माण मजदुर युनियन दोलखाको आयोजनामा भैरहेको ४० दिने डकर्मी तालिममा  मन्थीमायासँगै खारे ७ कि ३० वर्षीया डोमा शेर्पा पनि गारो लगाउने काम सिक्दै छन् । सात वर्षसम्म रोजगारीका शिलसिलामा खाडीमुलुकमा काम गरेकी उनी सीप र पढाई नभएकै कारण आफूले भोग्नु परेको नियति सम्झेर दुःखी हुने गरेको बताउँछिन् । मासिक १५ हजार रुपैयाँ आम्दानीका लागि विदेशीनु परेको पीडा सम्झदै डोमा भन्छिन् – सीप भए त स्वदेशमै यो भन्दा बढी कमाउन सक्छु भन्ने लागेर घर फर्कें, अहिले डकर्मी तालिम लिइरहेकी छु । दोलखा कालिञ्चोक गाविसका तीन किशोरी शान्ती थामी, विनिता थामी र सिता थामी  पनि  डकर्मीको काम सिकिरहेका छन् शेर्पा र मन्थी सँगै । ‘बिभिन्न बाध्यताले बीचमै पढाई छोड्नु पर्‍यो, पढ्न नसके पनि सीप सिक्न सकियो भने भविष्यमा सामान्य गुजारा होला भनेर डकर्मी तालिममा सहभागी भएका छौं’ थामी युवतीले भने ।

निर्माण क्षेत्रका मजदुर महिलालाई सहयोगी र ढुंगा, माटो, ईटा, सिमेन्ट बोक्ने काममामात्र लगाउने प्रचलनलाई हटाएर महिला मजदुरको पनि भवन निर्माणमा महत्वपुर्ण भुमिका रहोस भनेर २० जना मजदुर मध्ये १३ जना महिलालाई तालिममा सहभागी गराएको नेपाल बिजुली प्लम्बर तथा निर्माण मजदुर युनियन दोलखाका दानबहदुर विमलीको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: