हत्या आरोपीलाई सफाई दिएकोमा अन्तर पार्टी महिला सञ्जालको आपत्ति


प्रकाशित मिति :2016-08-14 13:54:00

सुमित्रा के सी
रुकुम । अन्तर पार्टी महिला सञ्जाल रुकुमले खोलागाँउकी सुस्मिता शाहको हत्यामा संलग्न भएको भनि पक्राउ परेका तीन जनालाई पाँच महिनापछि न्यायलयले सफाई दिनु आश्चर्यको विषय भएको बताएको छ ।

सञ्जालले  प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अदालत रुकुमको फैसलाले न्यायलयप्रतिको विश्वास र राज्यप्रतिको आशा भरोसा घटेको तथा न्याय  पहुँचमा आधारित भएको आरोप लगाएको छ ।

कानुनको शासन, जनता प्रति उत्तरदायी सरकार भन्ने संवैधानिक व्यवस्थालाई व्यवहारमा देखिने गरी लागु गर्न सञ्जालले माग गरेको छ ।

सुस्मिता शाहको हत्यारा भनि राखिएका व्यक्तिहरू निर्दोष भनी निक्र्योल गर्न पनि यति लामो समय कसरी लाग्यो ? अनुसन्धानमा कुनै प्रमाण नभई थुनामा किन राखियो ? विज्ञप्तिमा भनिएको छ ।

संविधानले प्रदान गरेको मौलिक हक मध्ये सम्मानपुर्वक बाँच्न पाउने हक  भनेको के हो  भन्ने प्रश्न खडा भएको विज्ञप्तिमा उल्लेख छ  ।
पछिल्लो समय रुकुममा हत्या, हिंसा, बलात्कार जस्ता घटना बढिरहेकाले यस्तो व्यवहारले महिलाको सुरक्षामा संकट पैदा भएकाले यस तर्फसबै सरोकारवाला निकायको ध्यान जानु जरुरी रहेको सञ्जालको ठहर छ ।

सुस्मिता शाहको हत्याका  तीनजना आरोपीलाई जिल्ला अदालत रुकुमले यही साउन २४ गते निर्दोष रहेको बन्दै सफाई दिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: