माओवादी महिला सासंदले शपथग्रहण कार्यक्रम बहिष्कार गर्ने


मन्त्रिमण्डलमा महिलालाई सम्मानजनक स्थान दिइएन

प्रकाशित मिति :2016-08-14 15:56:22

महिला खबर

शशी श्रेष्ठ

शशी श्रेष्ठ

काठमाडौं । महिलालाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान नदिएको भन्दै माओवादीका महिला सांसदले मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार गर्ने भएका छन् ।

महिलालाई मन्त्री नबनाएको भन्दै माओवादीका महिला नेता र सांसदहरू निकै आक्रोशित बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्ने मन्त्रिमण्डल विस्तारमा दुईजना महिलालाई राज्यमन्त्रीमात्र दिएको भन्दै उनीहरूले यस्तो निर्णय गरेको बताए । महिलाखबर डट कमसँग कुरा गर्दै एक सांसदले भनिन् ‘जानेहरूलाई छुट छ, तर हामी धेरैजसो जाँदैनाैं ।’

पाँच जना मन्त्री र पाँच जना राज्यमन्त्रीसहित दाहालले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । दाहालले पाँचजना राज्यमन्त्रीमध्ये राधिका तामाङ र धनमाया विक राज्यमन्त्री  बनाउन लागेका छन् । उनीहरूले अाजै शपथग्रहण गर्ने कार्यक्रम छ ।

सांसद रुपा महर्जनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘चुलाचौकाबाट उठाएर लगेर कमाण्डर बनाइएका महिलाले सफलतापुर्वक जिम्मेवारी निभाएका हुन्, अहिले मन्त्री बन्ने बेलामा महिलाको हैसियतको कुरा उठ्दैछ ।’

यसैगरि नेता शशी श्रेष्ठ पनि माओवादीभित्र महिलामाथि गरिएको व्यवहारप्रति आक्रोसित बनेकी छन् । नेतृत्वलाई जति दवाव दिएपनि आवाज नसुनिएको र योग्य महिला नभएको भन्ने नेतृत्वको जवाफप्रति उनको आक्रोस थियो । उनले भनिन् ‘नेताको स्वार्थअनुकूल काम गर्ने महिला भएनन्, त्यसैले योग्य ठानेनन् ।’ संसादमात्रै मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाप्रति पनि उनको प्रश्न छ । उनी भन्छिन् ‘अहिलेको संक्रमणकालिन अवस्थामा सांसदको काम मन्त्री भन्दापनि कानुन बनाउने हो, नयाँ संविधान अनुसार सयौं कानुन बनाउनुपर्ने अवस्था छ, सांसदको काम यो हो, अन्तरिम संविधानमा समेत नभएको व्यवस्थालाई संविधानमा राखियो, मन्त्री बन्न संसाद नभएको मान्छे हुनुपर्छ ।’

 यदी सासंद भएका महिला मन्त्री बन्न योग्य भएनन् भने सांसद बनाउने बेलामा नै सोच्नुपर्ने उनको भनाइ छ । ‘सांसद बनाउने बेलामा आफूले भनेको ठाउँमा ल्याप्चे लगाउने महिला खोज्ने अहिले योग्य भएनन् भन्न पाइन्छ ? उनको प्रश्न थियो । तर, आन्दोलनबाट आएका योग्य महिला सांसद भएपनि उनीहरूको योग्यतामा प्रश्न उठाएको प्रति उनको गम्भिर आपत्ति थियो । उनी भन्छिन् ‘पुरुष चाहीँ पुरुष भएरै योग्य हुने, महिलासँग क्षमता भएपनि अयोग्य रे !’

‘तस्विर झुण्डयाएर इतिहास रच्ने ठाउँमा भन्दापनि नीति निर्माण र हस्तक्षेपकारी भूमिकामा महिलाको उपस्थिति खोजेको हौं’ उनले भनिन् । यदि राज्यमन्त्रीमात्रै दिने हो भने झण्डा र डण्डा हल्लाउनमात्रै त्यस्तो पदमा नजान आफूले सुझाव दिएको  उनले बताइन् । मन्त्रिपरिषदको बैठकमा भाग लिन नपाउने, नीति बनाउने हस्तक्षेप गर्न नपाउने पदमा गएर यसको कुनै अर्थ नरहने बरु मन्त्री बन्ने रहरमात्रै पुरा हुने उनको भनाइ छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: