महिला खबर
काठमाडौं। काठमाडौं पश्चिम भेग ,थानकोट ईलाका वरीपरी दैनिक बालिका बलात्कार जस्तो जघन्य अपराध मौलाउँदै गएकाे भन्दै थानकोटका महिलाले बलात्कारविरुद्ध आज स्वतसफुर्त दवाव र्याली निकालेको छन्।
चन्द्रागिरी नगरपालिकाकाे वाणस्थलीबाट निस्केको महिलाको र्यालीले चन्द्रागिरी नगरपालिकाको वडा नम्बर आठ, नौ र दशको परिक्रमा गरेर चेकपोष्टमा पुगी कोण सभामा परिणत भएकाे थियाे। काेणसभामा चेतनामूलक सडकनाटक प्रर्दशन गरिएको थियाे ।
बलात्कार र यौन हिंसाविरुद्ध चेतनामूलक नारा लेखिएका प्लेकार्डसहित उनीहरूले गाउँ परिक्रमा गरेका थिए।
र्यालीमा स्थानीय आमा समूह, क्लवहरू र विद्यार्थी सहभागी थिए। पछिल्लो समय उक्त क्षेत्रमा बालिका बलात्कार र यौनहिंसा जस्ता अपराध बढ्दै गएपछि अपराधविरुद्ध जनचेतना जगाउन र अपराधीलाई कार्वाहीको दायरामा ल्याउन दवाव दिने उद्देश्यले र्यालीको आयोजना गरिएको स्थानीयले बताएका छन् । माइती नेपालको सहयोगमा र्याली निकालिएको थियो।
Comment Here!