कामदारको ज्याला बढ्यो, विभेद गरेको पाइए कारबाही


प्रकाशित मिति :2016-08-15 11:43:28

महिला खबर    
दोलखा। जिल्लाको ज्याला सम्बन्धि दररेट निर्धारण समितिको बैठकले कामदारको ज्याला दरमा ८७ प्रतिशत र ढुवानी दरमा ९१ प्रतिशतले बृद्धि गरेको छ ।

13988906_10208310775661763_1073212379_n

ज्याला दरमा महिला र पुरुष बीच कुनै विभेद नभएको जिल्ला दररेट निर्धारण समितिले जनाएको छ । श्रम सीपको स्तर, श्रमिकको उमेर र दैनिक काम गर्ने अवधिको आधारमा ज्यालादर निर्धारण गरिएको र कसैले पुरुष र महिलामा विभेद गरी ज्याल दिएको पाईएमा कार्वाही हुने समितिले जनाएको छ ।

समितिले आर्थिक वर्ष ०७३/०७४ का लागि मूल्य अभिबृद्धि कर बाहेक प्रतिदिन ८ घण्टाको ज्याला ६ सय ४० रुपैयाँलाई बढाइ ७ सय ३५ पुर्‍याएको छ । समितिले ४ देखि ५ हजार मिटर उचाईसम्म सडक यातायात नभएको ठाउँमा ५० प्रतिशत र ५ हजार मिटर भन्दामाथि उचाईका लागि श्रमिकको ज्यालामा शतप्रतिशत बृद्धि गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी दक्ष कामदार अन्र्तगत १७ उपशिर्षक, अदक्ष कामदार अन्र्तगत १०, सुरक्षा सम्बन्धि ४, हेल्पर, अपरेटर सम्बन्धि ६, ड्राईभर ३, सुपरभाईजर ५ र अन्य कामदार अन्र्तगत १७ उपशीर्षकमा ज्याला र ढुवानी दर परिर्वतन गरिएको समितिले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: