झार समेत नउम्रने बगरमा व्यावसायिक तरकारी खेती


प्रकाशित मिति :2016-08-15 12:50:12

महिला खबर
बुटवल । दुई वर्षअघिसम्म हनुमान गढियाको बगरमा झार समेत उम्रिएको थिएन । बगर उराठ लाग्दो थियो । हनुमानगढियाको त्यही बगरमा अहिले लहलह तरकारी फलेको छ ।  खाली रहेको  बगरमा महिलाले तरकारी खेती गर्न थालेपछि रुपन्देहीको बगाह गाविस हनुमानगढियाको बगर तरकारी बारीमा परिणत भएको हो ।
bagar kheti
घरको चुलोचौकोमा सिमित यहाँका महिलाले अघिल्लो वर्षदेखि तरकारी खेती गर्न थालेका थिए । बगरमा अहिले कतै काँक्रा लहराएका छन्, कतै फर्सी, लौका र तरबुजा फलेका छन् । ‘खेतमा जाँदा बगर हो भन्ने जस्तै लाग्दैन’ किसान बसन्ति हरिजनले भनिन् ‘लटरम्म तरकारी छ । बेच्यो पैसा आउँछ, खेतले भन्दा बढी आम्दानी दिन थालेको छ ।’

झण्डै २० वर्षअघि हनुमानगढियाका वासिन्दाको धान, गहुँ फल्ने  खेत खहरे खोलाले डुवाएको थियो । खेती गरेर खाने खेत खोलाले डुवाएर बगर बनेपछि यहाँका वासिन्दाले मजदुरी गरेर खान थालेका थिए ।

त्यही बगरमा गुलाव स्वावलम्वन समूहका महिला एक जुट भएर तरकारी खेती थालेका हुन् । समूहका २५ जना मध्ये अतिविपन्न १५ जना महिला तरकारी खेतीमा खटेका छन् । उनीहरूले १० बिगाह क्षेत्रफलमा तरकारी लगाएका छन् । तरकारीबाट नगद आम्दानी हुन थालेपछि उनीहरूको अवस्था फेरिएको छ । घरबाहिर ननिस्कने परनिर्भर महिला आत्मनिर्भर बनेका छन् । आफैँले कमाएको नगदबाट घरखर्च चलाउन सजिलो भएको छ ।

छोराछोरीले अभाव नझेली पढ्न पाएका छन् । आफूलाई मन लागेको सामान किन्न श्रीमानसँग पैसा माग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । ‘मजदुरी गरेर आएको उहाँको (पति) आम्दानीले मात्रै घर चलाउन निकै समस्या हुन्थ्यो, एक बिगाह बगर क्षेत्रमा तरकारी खेती गरेकी बसन्ति हरिजनले भनिन् ‘अहिले त ३ जना छोराछोरी पढाउन र घरखर्च चलाउन मेरै आम्दानीले पुग्छ । उहाँले कमाएको पैसा सबै बचाउँछौं ।’

महिलाले उत्पादन गरेको तरकारी किन्न भैरहवादेखि बुटवलसम्मका व्यापारी बगरमै पुग्ने गरेका छन् । उनीहरूले भनेको मोलमा खुरुखुरु तरकारी बिक्छ । त्यो पनि हातहातै नगदमा कारोबार हुन्छ । यसबाट तरकारी खेतीमा संलग्न महिला झन् झन् उत्साहित भएका छन् । उत्साहित महिलाले थप जग्गा व्यवस्थापन गरेर समेत तरकारी हुर्काउन लागेका छन् ।

‘तरकारीको माग र बजार फैँलदै छ । मेहनत भन्दा धेरै नै आम्दानी छ ।’ तरकारी खेतीमा संलग्न गुलाव स्वावलम्वन समूहकी अध्यक्ष सुभद्रा हरिजनले भनिन् ‘यसैले आसपासको सार्वजनिक बगर व्यवस्थापन गरेर पनि तरकारी लगाउने सोच बनाएका छौं ।’ यसका लागि बगाह गाविससँग छलफल अघि बढाएको उनले बताइन् ।

धेरै लगानी गर्नु नपर्ने, छोटो समयमा फसल तयार हुने र नगद आम्दानी हुने भएकाले बगरे तरकारी खेतीमा महिलाको आकर्षण बढेको हो । तरकारी खेतीमा दत्तचित्त महिलालाई कृषि विकास कार्यालयको समन्वयमा हेल्भेटास र एविसी नेपालले उन्नत जातका र बगरमा हुर्कने तरकारीका बीउ उपलब्ध गराएका छन् । रोगविरुद्ध विषादी राख्न मेसिन किनिदिएका छन् । उन्नत प्रविधि अपनाउन, तरकारीमा हुने संक्रमण रोक्न र महिलालाई सघाउन गाउँमै एक जना प्राविधिकको व्यवस्था पनि गरिदिएका छन् ।

यसले महिलालाई थप सहयोग भएको छ । उन्नत प्रविधि अपनाउने, मौसमअनुसारको खेती र समय अनुसार हेरचाह गर्ने भएकाले सबैजसो महिलाले थालेको तरकारी व्यवसाय मुनाफासहितको छ । ‘घरबाहिरको काम गर्न नजाने मधेशका महिलालाई बगरे तरकारी खेती बरदान भएको छ’ समूहकी अध्यक्ष शुभद्राले भनिन् ‘तरकारी खेतीका लागि जटिल मेहनत गर्नु पर्दैन । साँझ बिहान घरको काम गरेर दिउसो मात्रै हेर्दा पनि आम्दानी गर्न सकिँदो रैछ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: