कला हो ‘इन्टेरियर डिजाइन’


प्रकाशित मिति :2016-08-15 16:00:14

नुनुता राई
ललितपुर । ‘महिला अत्यन्तै ध्यान केन्द्रित गर्न सक्छन्, जसका कारण पुरुषको तुलनामा महिला धेरै सिर्जनात्मक हुन्छन्’ इन्टेरियर डिजाईनर एसोसिएसनका अध्यक्ष सानुराजा शिल्पकार आफ्नो ३० वर्ष लामो काम गराईको अनुभव सुनाउँछन् । यो अवधिमा उनले धेरैलाई  परख गरे,पुरुषको तुलनामा महिलालाई सिर्जनात्मक पाए  ।

14012215_1086566638094119_426664179_n

यस पेसामा नाम, दाम र इज्जत हुने, अरु भन्दा सहज भएकोले पनि महिला यो पेसा आकर्षित भएको उनी बताउँछन् । लामो समयको अध्यापनमा इन्टेरियर डिजाईन (घरको आन्तरिक सजावट) विषय पढ्न आउनेको संख्या पुरुषको तुलनामा महिलाको  दोब्बर रहेको उनले बताए  ।  महिलाले गर्न रुचाउने पेशाको बारेमा सामान्य खोज गर्दा डाक्टर, इन्जिनियर भन्दा इन्टेरियर डिजाईनर बन्ने रुची धेरैमा रहेको पाएको उनको निष्कर्ष छ  । भन्छन् ‘महिला अलि बढी सिर्जनात्मक काम गर्न रुचाउने भएकाले यो क्षेत्रमा आकर्षित भईरहेका छन् ।’

इन्टेरियर डिजाईनर कल्पना भट्टचन  १२ वर्षदेखि यो पेसामा छिन् । शुरुमा आफ्नै घरलाई सजाउने रहरले उनले यो विषयमा छोटो तालिम लिइन् । तालिम लिँदालिँदै भट्टचनले यसैलाई पेसाको रुपमा अँगाल्ने निधो गरिन् । भन्छिन् ‘आफ्नो घर त सुन्दर बनाईहाल्छु, किन यसैलाई पेसा नबनाउने भनेर थप दुई वर्षे कोर्स गरेर काम गर्न थालेँ ।’ उनले अहिलेसम्म धेरैवटा घरको आन्तरिक सजावट गरिसकेकी छिन् ।

14011998_1086566614760788_535462523_n

घरको आन्तरिक सजावट गर्नु सजिलो नभएको उनको भनाइ छ । तर, सामान्यता यसलाई सजिलो पेसाको रुपमा बुझ्ने गरेकोमा उनको  चित्त दुखाइ रहेछ । भन्छिन् ‘यसलाई मानिसले सजिलो कामको रुपमा लिन्छन्, तर म मान्दिन किनभने मान्छेको चित्त बुझाउनु जत्तिको चूनौतिपुर्ण काम अरु केही हुनै सक्दैन ।’

14030769_1086566691427447_15552970_n

कहिलेकाँही आफूले गरेको काम ग्राहकलाई मन नपर्न सक्छ, त्यस्तो अवस्थामा गाह्रो हुने उनको अनुभव छ । काम गर्दा घरको बनोटको आधारमा गर्नुपर्ने हुन्छ । बनोट अनुसार फर्निसिङ, फ्लोरिङ, सिलिङ, कलरिङ गर्दा ग्राहकले भनेजस्तो र उसको रोजाईसँग मेल खान नसक्दा समस्या हुने गरेको उनले बताइन् ।

सुन्दर घरको चाहाना पुरुषलाई भन्दा बढी महिलालाई बढी हुन्छ र महिला यो पेसामा धेरै आकर्षित भएको उनको  दाबी छ । भन्छिन् ‘घरलाई कसरी व्यवस्थित र सुसोभित गर्ने भन्ने विषयमा पुरुषको तुलनामा महिलालाई बढी चासो हुन्छ, घर पनि राम्रो हुने आम्दानी पनि हुने भएपछि किन काम नगर्ने भनेर यसलाई व्यवसाय बनाउने थुप्रै छन् ।’

यसले नयाँ पुस्तालाई आकर्षण गर्नुका साथै आत्मनिर्भर पनि बनाएको उनी बताउँछिन् । तबसुम सिद्घिकी आन्तरिक सजावटसम्बन्धि विषय पढाउँछिन् । उनले सन् २००६ मा पाकिस्तानबाट इन्टेरियर डिजाईन (आन्तरिक सजावट ) सम्बन्धी पोष्ट ग्राजुएसन गरिन् । त्यसपछि उनले भारतको लखनउमा बाबु बनारसी दास युनिभर्सिटीमा ८ वर्ष सहायक प्राध्यापकको रुपमा काम गरिन् । उनले पाकिस्तानमा पोष्ट ग्राजुएसन गर्ने बेला नेपालमा यस विषयमा कलेज खुलेकै थिएन ।

उनको बुवाले उनलाई डाक्टर बनाउन चाहन्थे ।  तर उनी इन्टेरियर डिजाईनर बन्न चाहन्थिन् ।  टिभीमा आएको आन्तरिक सजावट सम्बन्धि कार्यक्रम हेरेपछि उनको मन अरु विषयतिर गएन त्यसैले यही विषय लिएर पढिन् ।

नेपाली समाजमा यो विषय नयाँ हो । त्यसैले पनि खासगरि महिला यो क्षेत्रमा निकै आकर्षित भएको उनको भनाइ छ । नेपालको पहिलो महिला इन्टेरियर डिजाइनर डा. मथुरा कार्की हुन् । उनले  ४०  वर्षअघि भारतबाट ईन्टेरियर डिजाईन विषय पढेकी हुन् । उनी भारतबाट पढेर आउँदा एक्ली थिईन् ।  घरको आन्तरिक सजावट तर्फ मानिसहरू सचेत थिएनन् । त्यसैले इन्टेरियर डिजाईनर को काम नै थिएन त्यसबेला । तर अहिले घरको वाहिरी आवरण भन्दा भित्री भाग राम्रो बनाउनुपर्छ भन्ने धारणा मानिसमा  विकास हुँदै गएको उनको अनुभव छ । त्यसैले इन्टेरियर डिजाईनरको माग पनि बढ्दो  छ । ‘सिजृनात्मक क्षमता भए अहिले यो सब भन्दा राम्रो पेसा हो’ उनी भन्छिन् ।

 कल्पना भट्टचनले गरेका आन्तरिक सजावटका तस्बिरहरू

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: