रुपा गहतराज
नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको पदाधिकारीमा दावेदाका रुपमा महिला अगाडी आएका छन् । आगामी भदौ ११ गते हुने महाधिवेशनमा संघको उपाध्यक्षमा रचना श्रेष्ठ उम्मेदवारी दिने तयारीमा छन् ।
लामो समय व्यापार व्यवसायमा सक्रिय र संघमा वर्तमान उपमहासचिव रहेकी श्रेष्ठ संघमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने पहिलो महिला हुन् ।
उद्योग,व्यवसायका क्षेत्रमा धेरै महिला सक्रिय रहेको र उनीहरूलाई नेतृत्वदायी भुमिका दिनुपर्ने श्रेष्ठले बताइन् । आफू महिला भनेर मात्र नभई सक्षम व्यवसायीका रुपमा आएको उनको भनाइ छ । उनले भनिन् ‘व्यावसायिक हकहितका सवालमा महिला पुरुषमात्र भनेर हँुदैन, सबै एकजुट हुनुपर्छ ।’
यसैगरि व्यवसायी उषा भण्डारी, मन्दिरा पाण्डे, मालती शर्मा (सुबेदी) ले सदस्य पदका लागि उम्मेद्वारी दिएका छन् ।
Comment Here!