सर्मिला बुढाथोकी
दोलखा । माईती मञ्च दोलखाले जिल्लाको लामाबगर गाविसका गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरेको छ ।
टेवा संस्थाको सहयोगका लामाबगरका ५५ जना गर्भवती तथा सुत्केरी महिलालाई ब्लाङ्केट, बिस्कुट, हर्लिक्स लगाएतको राहत वितरण गरिएको माईती मञ्च दोलखाको उपाध्यक्ष दीलु थापाले जानकारी दिइन् । लामाबगर स्वास्थ्य चौकीबाट प्राप्त तथ्याङ्कको आधारमा ५५ जना सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरिएको उपाध्यक्ष थापाले जानकारी दिइन् ।
Comment Here!