समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु


प्रकाशित मिति :2016-08-16 11:13:09

महिला खबर
सुनसरी । ताप्लेजुङकी एक जना सुत्केरीको समयमा उपचार नपाएको कारण मृत्यु भएको छ । चाँगे गाउ विकास समितिकी २७ वर्षीया कहानी सिवां (नेपाली)को उपचारका लागि धरान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरेपछि  ल्याउने क्रममा पाचँथरको लालिखर्क आइपुग्दा मृत्यु भएको  हो ।

ती महिलालाई शनिवार बेहोस अवस्थामा जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । उनले ८ महिनामा वच्चा जन्माएकी थिइन् ।
गर्भवती महिलालाई बिरलैमात्र लाग्ने एक्लाम्प्सीक (उच्च रक्तचाप भएको  गर्भवतीमा मांसपेसी र मानसिक सन्तुलन विग्रने र कोमामा जाने हुँदा बच्चा र आमाको ज्यान खतरा हुने रोग) उनलाई लागेको जिल्ला अस्पताल ताप्लेजुङका प्रसूति विशेषज्ञ डा.उत्तम पाच्याले बताएका छन् ।

डा.पाच्याका अनुसार यो रोग लागेको १२ घण्टामा बच्चा निकालेन भने आमा तथा बच्चा दुवैको ज्यान जान सक्छ । ८ घण्टा बितिसक्दामात्र  अस्पताल ल्याएकाले सुत्केरीलाई समयमा उपचार गर्न नसकिएको जानकारी उनले दिए । बच्चाको अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: