लक्ष्मी गौतम

तस्विर–अमेरिकामा स्वर्गारोहण भएकी मनु । तस्वीर मनुकै फेसवुकवाट ।
फिदिम । एउटै परिवारका पाँच जनाको ज्यान लिने गरी २०५० सालमा पाँचथरको लुङरुपा ९ टिम्बुरे हत्या काण्डमा मारिएका दुलाल परिवारमा बँचेका ज्ञानु र मनुमध्ये मनुको आइतवार निधन भएको छ ।
उनको अमेरिकाको न्युह्याम्सायरको इलिओट अस्पतालमा निधन भएको हो । मनु करिव दुईवर्ष अगाडी डीभी परेर श्रीमान नरेश र छोराछोरीसँगै अमेरिका पुगेकी थिइन् ।
अस्पतालले मनुलाई ब्रेन स्ट्रोक भएको भनेको छ । पहिल्यैवाट मुटुको समस्या रहेकी मनुको एक्कासी रक्तचाप वढेपछि अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
मनुका पिता कुवेर दुलाल, आमा सरसस्वती रिजाल वहिनी कृष्ण दुलालसँगै भाइहरू उमेश र उद्वव दुलालको टिम्बुरे हत्याकाण्डमा ज्यान गएको थियो ।
के हो टिम्बुरे हत्याकाण्ड ?
२०५० साल बैशाख १७ गते पाँचथरको लुङरुपा गाँउ विकास समिति वडा नम्वर ९ का कुवेर दुलालको परिवारका पाँच जना सदस्यलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घट्ना टिम्बुरे हत्याकाण्ड नामले परिचित छ ।
तत्कालिन अवस्थामा मुलुकमै चर्चाको विषय वनेको टिम्बुरे हत्याकाण्ड कस्ले गरायो भन्ने विषयमा लामो समयसम्म पुष्टि नभएपछि आफन्तले प्रहरी अनुसन्धान टोलीसँगै कुकुर ल्याएर अनुसन्धान गराएका थिए ।
अनुसन्धानमा प्रयोग भएका कुकुरले कुवेरका दाजु नाताका ओमनाथ दुलालसहित मणी दुलाल,धर्म दुलाल,कृष्ण दाहाल,विष्णु दाहाल, दुर्गा नेम्वाङ र युवराज दुलाल सहित ८ जनालाई समातेपछि कारबाही प्रकृया अगाडी बढेको थियो ।
अदालती पक्रृयामा पक्राउ परेका ८ मध्ये ७ जनाले आफूहरूलाई ओमनाथ दुलालले आर्थिक प्रलोभनमा पारी हत्या गराएको बयान दिएका थिए भने ओमनाथले पनि पुरानो रिसइवीले कुबेरको हत्या गरेको स्विकारेपछि अदालतले आठै जनालाई जन्मकैदको फैसला सुनाएको थियो । हत्याकाण्डका दोषीहरू तीनवर्ष अगाडी कैद भुक्तान गरेर छुटिसकेका छन् ।
यसरी गरिएको थियो कुवेरका परिवारका सदस्यको हत्यासामान्य कृषि पेशा अँगालेका कुवेर नेपाल कम्युनिष्ट पार्टि एमालेका कार्यकर्ता थिए । घट्ना भएको साँझ ८–१० जनाको समूहमा आएका स्थानीयले घरैमा वसिरहेका कुबेरलाई “आज नाँंगीनको पिपलवोटेमा सांसद वशन्तकुमार नेम्बाङ आउने कार्यक्रम छ,त्यहाँ जाऔ,गाँउका एकदुईजना अन्य पार्टीवाट एमाले प्रवेश गर्दैछन् ।” भनेर घरवाट नांगीनतर्फ लगेको पक्राउपछि हत्याराहरू स्वयमले अदालतको वयानका क्रममा भनेका छन ।
पिपलवोटे पुग्दा कार्यक्रम स्थल सरेछ नाँगीन ३ सेजेपाका लक्ष्मी न्यौपानेको घरमा हुने भयो रे भन्दै त्यसतर्फ जाने क्रममा वाटोमा पर्ने सल्लेरी जंगल नजिकैको कुलोवाट भीरमा लडाएर हत्या गरेको घट्नाका जानकार तत्कालिन सिद्वदेवी मावि नाँगीनका तत्कालिन प्रधानाध्यापक तिवेन्द्र चाँपागाई वताँउछन ।
कुवेरको हत्या पश्तात पुनः लुङरुपा ९ टिम्बुरे स्थित उनको घर पुगेका हत्याराहरुले श्रीमती सरसस्वती सँगै ३ जना नावालकहरुलाई खुकुरी प्रहार गरेर हत्या गरी घरभित्रै थुनेका थिए । हत्या पुर्व सरस्वतीलाई बलत्कार समेत गरेको उनीहरुले अदालती वयानमा खुलाएका थिए ।
कसरी बचे ज्ञानु र मनु
बाबु आमा र भाई बहिनीको हत्या भएका बखत मनु नांगीनको पिपलवोटे उच्च माविमा पढ्थिन भने ज्ञानु इटहरी स्थित आफन्तको घर गएकी थिइन् । आमा महिला स्वास्थ स्वयमसेविका समेत रहेकाले घट्नाको अघिल्लो दिन उनले नाँगीनमा रहेकी छोरी भेटेर आएको चाँपागाई बताँउछन् ।
“घर बाहिर रहेकाले मात्रै उनीहरू वँचेका हुन” चाँपागाई भन्छन् । उनका अनुसार ज्ञानु कुवेर र सरस्वतीकी जेठी छोरी हुन भने मनु साँहिली । मारिएकी कृष्णा ज्ञानुकी बहिनी तथा मनुकी दिदी तथा उमेश र उद्वव चँहि भाईहरु ।
झापाको गरामुनीका नरेश प्रसाईसँग विवाह वन्धनमा वाँधिएकी मनुका श्रीमान एक छोरा र एक छोरी छन ।घरवाहिर रहेकाले वँचेका दुइमध्ये मनुको निधन भएपछि अव दुलाल परिवारकी ज्ञानु मात्रै जीवीत छिन । उनी हाल फिदिममा वस्छिन ।
Comment Here!