सर्मिला बुढाथोकी

पानी परिक्षण गरिँदै
दोलखा । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दोलखाले उपभोक्तालाई खानेपानी गुणस्तर सम्बन्धि जानकारी दिने उद्देश्यले खानेपानी सुरक्षा योजना अन्र्तगत चेतनामूलक तालिमको आयोजना गरेको छ ।
दोलखाको दुई नगरपालिका र ३७ गाविसका ९९ वटा ठाउँमा सञ्चालन गरिएको तालिममा दलित,जनजातिसहित महिला १२ सय ६५ र पुरुष २५ सय ८२ जनालाई तालिम दिइएको महासंघका सचिव अनिल श्रेष्ठले बताए । जिल्लामा रहेका करिब ६ सय खानेपानी उपभोक्ता समिति मध्ये ३०३ वटा उपभोक्ता समितिका लगभग पाँच हजार उपभोक्तालाई तालिम दिईएको जानकारी श्रेष्ठले दिए ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले तालिममा सहभागी उपभोक्ता समिति मध्ये १ सय वटा समितिले प्रयोग गरिरहेको पानीको जाँच समेत गरिरहेको जनाएको छ । अहिलेसम्म ४७ वटा मुहानको पानी परिक्षण गरिएको र अधिकांश मुहानमा कोलिफर्म भेटिएको महासंघका सचिव श्रेष्ठले बताए । बिभिन्न १० वटा प्यारामिटर प्रयोग गरी पानीको जाँच गरिएको र अब थप परिक्षणपछि पानी कति हानिकारक छ भन्ने जानकारी हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दोलखाका इन्जिनियर सईन श्रेष्ठ बताउँछन् ।
सामान्यतया पानीमा कोलिफर्म भेटिएपछि पानीलाई कि उमालेर पिउने वा घाममा तताएर र फिल्टर गरेर अथवा पिउस औषधि राखेर पिउनु उपयुक्त हुने र त्यसबारे सबै उपभोक्तालाई जानकारी गराईएको महासंघका सचिव श्रेष्ठले बताए ।
Comment Here!