महिला खबर
सुनसरी । सुनसरी र मोरङमा महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम वढेको छ । सरकारले महिलाका नाममा जग्गा दर्ता गर्दा लाग्ने शुल्कमा विशेष छुट दिएका कारण महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम वढेको हो । आर्थिक वर्ष २०७२–०७३ मा जिल्ला मालपोत कार्यालय सुनसरीवाट १८ हजार ९ सय ४९ जना महिलाको नाममा जग्गा दर्ता भएको छ । ती मध्ये ८ हजार १ सय २२ शहरी महिला तथा १० हजार ८ सय २७ ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाका नाममा जग्गादर्ता भएको जिल्ला मालपोत कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीमा महिला र अपाङ्गता भएकाहरूको नाममा जग्गा दर्ता गर्दा एक वर्षमा २ करोड ८ लाख ९३ हजार राजश्व छुट भएको छ । यसैबिच मोरङमा दुई वर्षमा २३ हजार ४३ जना महिलाको नाममा जग्गा दर्ता भएको छ । गत आर्थिक वर्षमा मालपोत कार्यालय विराटनगरबाट १० हजार ३ सय १५ महिलाको नाममा जग्गा दर्ता भएको छ । महिलाको नाममा दर्ता हुँदा पाँच करोड ३९ लाख, ५६ हजार राजस्व छुट भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ३१ हजार १७९ जग्गा दर्ता भएको थियो, ती मध्ये १२ हजार ७ सय २८ महिलाको नाममा दर्ता भएको जिल्ला मालपोत कार्यालय मोरङले जनाएको छ ।
Comment Here!