पार्वती पाण्डे
कपिलवस्तु । विषालु सर्पको डसाईबाट कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । शिवराज नगरपालिका बेलौती निवासी २६ वर्षीया दुर्गा शर्माको सर्पले टोकेर मृत्यु भएको हो । सुतिरहेका बेला मंगलबार विहान ५ बजे ओछ्यानमै उनको खुट्टामा सर्पले डसेको उनको पारिवारले जनाएको छ ।
सर्पले डसे लगत्तै उपचारका लागि उनलाई सर्पदंश उपचार केन्द्र गोरुसिंगे लगिएपनि उपचार सम्भव नभएपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छिमेकी माधव पाण्डेले जानकारी दिए । मृतका चार वर्षीय छोरा छन् ।
Comment Here!