महिला खबर
दोलखा । महिला र बालिका बेचबिखन तथा यौन हिंसा सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । न्यायमा पहुँच परियोजना अन्तर्गत ईह्रिकनले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जफे र भिरकोट गाविसका २ वटा बालक्लब तथा २ वटा युवा क्लबका सदस्यको सहभागिता थियो । कार्यक्रममा यौन हिंसा, महिला तथा बालिका बेचबिखनका स्वरुपहरू कस्ता हुन सक्छन्, यौन हिंसा र बेचविखनविरुद्धका दण्ड सजाय सम्बन्धि ऐन कानुन र सचेतनामूलक अभियान, महिला, किशोरीको सुरक्षालगायतका विषयमा जानकारी गराईएको थियो ।
न्यायमा पहुँच बढाउन दुई वटा गाविसमा बाल र युवा निगरानी समूह समेत गठन गरिएको जनाईएको छ । निगरानी समूहले आफ्नो गाविसमा महिला तथा बालिकामा हुने यौन हिंसा र बेचबिखनका घटनाका बारेमा मासिक रुपमा जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउने छन् । अभिमुखिकरण कार्यक्रमा सहभागी शिक्षक सन्तोष कार्कीले एकवर्षको अवधिमा भिरकोट स्थित नारायण उच्च माविका सातजना बालिकाले विवाह गरेकाले बालविबाह रोक्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाएका थिए ।
Comment Here!