सरिता राई
भोजपुर । बालिकालाई यातना दिएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पञ्चकन्या नि.मा.वि शिद्धेश्वरका शिक्षक इन्द्रविर प्रधानलाई बालिकालाई मानसिक र शारिरीक यातना दिएको आरोपमा प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो ।
उनले कक्षा ६ मा अध्ययन गर्ने बालिकालाई विहे गर्ने भनेर पटक पटक जिस्काएको भन्दै बालिकाले प्रधान अध्यापक गंगाप्रसाद राईलाई भनिदिएकी थिइन् । उजुरी गरेको भन्दै शिक्षक इन्द्रवीर प्रधानले बालिकालाई पिटेर शारिरीक यातना दिएका थिए । यातनापछि बालिकाले विद्यालयबाट घर फर्केर विष खाएको प्रहरीले बताएको छ ।
उपचारका लागि बालिकालाई जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको छ । हाल बालिकाको स्वास्थ्य सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ । बालिकाको स्वास्थ्य पुर्णरुपमा सुधार आएपछि अनुसन्धानले निष्कर्ष पाउने जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले बताए ।
Comment Here!