यमुना खनाल
सिरहा । मानवअधिकारका क्षेत्रमा काम गर्ने तीनजना महिला अधिकारकर्मीमाथि ज्ञात र अज्ञात व्यक्तिबाट धम्की आएको छ । अधिकारकर्मीलाई निरन्तरको धाक धम्कीले मानसिक तनाव बढाएको छ ।
मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि क्रियाशील घरेलु हिंसाविरुद्धको संजाल सिरहाका अध्यक्ष राम कुमारी दास र राम दयाल महतोलाई अज्ञात व्यक्तिले धम्की दिएको बताएका छन् ।
एक महिना अगाडी महिला मानव अधिकार रक्षक संजाल सिरहाकी अध्यक्ष देब कुमारी महरालाई परिवारसहित ज्यान मार्ने धम्की आएको थियो । बालविवाह गर्ने तयारी गरिरहेका सिरहाको अर्नामा प्र.पी. गा.वि.सका आषिश महराले देब कुमारी महरालाई ज्यान मार्ने धम्कि दिएका थिए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवलीले जानकारी दिनुभयो ।
यता मानवअधिकार संरक्षण गर्ने क्रममा अधिकारकर्मी माथि निरन्तर चिनेजानेका र नचिनेका व्यक्तिहरूबाट धाक धम्की तथा मानसिक तनाव दिइरहेको भन्दै मानवअधिकार संरक्षण केन्द्र (सञ्जाल) सिरहाले एक विज्ञप्ती जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले दोषीमाथि कार्वाही र सुरक्षाको वातावरण मिलाउन आग्रह गरेको छ ।
Comment Here!