माधवी पात्र नै ‘बोल्ड’ हो : अर्चना


प्रकाशित मिति :2016-08-17 14:43:05

माधवी नाटकमा माधवीको चरित्रले पौराणिक कालका महिलाको अवस्थालाई चित्रण गरेको छ । तर, अहिलेपनि महिलाको यो अवस्थामा परिवर्तन आएको छैन । परिवर्तन भएको छ त मात्र प्रयोग गर्ने तरिका  ।

नुनुता राई

माधविकी कलाकार अर्चना पन्थी ।

माधवीकी कलाकार अर्चना पन्थी 

ललितपुर  । सबै मलाई खुशी देख्न चाहन्छन् गालव, बाबा …
सिल्पी थिएटरमा मञ्चन भईरहेको ‘माधवी’ नाटकको मुख्य पात्र माधवीले बोलेको वाक्यको एक अंश हो यो । गत श्रावण १३ गतेदेखि प्रर्दशन भईरहेको नाटक माधवी अहिले नाट्य जगतदेखि सामाजिक सञ्जालहरुमा चर्चाको विषय बनेको छ । भारतीय लेखक भीष्म सहनीद्वारा नारीवादी दृष्किोणबाट लेखिएको नाटक हो माधवी ।

नाटकको मुख्य पात्रको रुपमा अभिनय गरिरहेकी अभिनेत्री हुन माधवी उर्फ अर्चना पन्थी । उनी सबैको प्रसंशाकी पात्र बनेकी छिन् यत्तिबेला । उनको अभिनयलाई उनको सुन्दरताले पनि साथ दिएको छ ।  सन् २०११ को मिस टिन र २०१४ को मिस ग्लोबल इन्टरनेसनलकी फस्ट रनर अप भईसकेकी तीनै सुन्दरीले माधवी पात्रका रुपमा  गरेको जीवन्त अभिनयको प्रशंसा भईरहेको छ ।

madhavi

फेसबुक, टुईटरमा अथवा प्रत्यक्ष भेटेर तारिफ गर्ने र उनीसँगै फोटो खिचाउनेको अहिले लर्को लागेको छ । उनले नाटकमा गरेको आफ्नो भूमिकालाई लिएर पाएको प्रतिकृयाले अत्यन्तै उत्साहित भएको बताउँछिन् ।  यसलाई थप जिम्मेवारीको रुपमा लिएको उनको भनाइ छ । भन्छिन् ‘यो क्षेत्रको हस्ती मानिएकाहरूबाट प्रंशसा र स्याबासी पाइरहेकी छु । मख्ख छु । डर पनि लागिरहेको छ । उहाँहरूको म माथिको आशालाई आगामी दिनमा कायम राख्न सक्दिनँ की भनेर ।’

  नाटकको मुख्य सार नारीको कर्तव्य, प्रेम र त्याग हो । नाटक सकेपछि पाउने प्रतिकृयाले उनलाई थप निखारिन मेहेनत गर्नुछ भन्ने कुराको सम्झना पनि गराईरहने बताउँछिन् । अभिनयलाई निखार्न हरसम्भव कोशिस गर्ने बताउँछिन् । माधवी नाटक हेर्ने जोकोहीले उनको अभिनयलाई निखारिएको कलाकारले गरेको काम भन्दा कम नरहेको भनेर प्रसंशा गर्ने गरेका छन् ।

8J6A2566

नाटक गुरु विश्वामित्रको गुरुदक्षिणा स्वरुप आठसय अस्वमेधी घोडा पुरा गर्न नसकेर आत्महत्या गर्न लागेको शिष्य गालवलाई एक ब्रामहणले दानवीर राजा ययातीको शरण लिन सुझाव दिन्छ । गालव ब्रामहणको सुझाव अनुसार ययातीको आश्रममा पुग्छन् । ययातीले आफूलाई दानवीर कहलाउन गालवलाई अस्वमेधी घोडा पुरा गर्न आफ्नी छोरी दिएर पठाउँछ । गालवले दानस्वरुप पाएको माधवीलाई लिएर घोडा खोज्ने यात्रा सुरु गर्छ । यात्रामा उनीहरू बीचको प्रेम प्रष्ट देखिन्छ । कथा यसरी अगाडी बढेको छ ।

विश्वामित्रको गुरुदक्षिणा पुरा गर्न राजा ययातीले दानमा दिएकी माधवीलाई गालवको हठ पुरा गर्न राजाहरू हर्यश्च, दिवोदास र उशिनरको पुत्र प्राप्तिका साधन बनाईएको छ । नारीलाई आवश्यकता पुरा गर्ने साधनको रुपमा प्रस्तुत गरिएको छ ।

नाटकमा अभिनय गर्न निर्देशक टंक चौलागाईले अर्चनालाई फागुनमा प्रस्ताव गरेका थिए । निर्देशकको प्रस्तावलाई अर्चनाले कहिल्यै नगरेको काम भनेर टारिरहेकी थिईन् । तर निर्देशकले धेरै पटक अनुरोध गरेपछि उनले कोशिस गर्ने मनसाय बनाईन् ।

8J6A0248

त्यसपछि उनले कथा पढिन् । स्कृप्ट पढिरहँदा उनलाई सामान्य कथा हो भन्ने लाग्यो । ठेट नेपालीमा स्कृप्ट भएकोले उनलाई कतिपय शब्दको अर्थ थाह थिएन । कथालाई अभिनयमा उतार्ने क्रममा शब्दका अर्थ पनि बुझन थालिन् । निर्देशक र सहकर्मीले शव्दको अर्थ बुझाईदिए । उनलाई शब्दको उच्चारण गर्न र लामो संवाद याद गर्न समय लागेको थियो ।

उनलाई कथालाई अभिनयमा उतार्दामात्र यो त नारीको समर्पणलाई समेटेर लेखिएको कथा रहेछ भन्ने लाग्यो । भन्छिन् ‘अझ नाटक प्रर्दशनपछि पाएको प्रतिकृयाले ओहो यस्तो गम्भिर भाव बोकेको कथा रहेछ भन्ने लाग्यो र केही हदसम्म न्याय दिन सकेछु भन्ने लागेको छ ।’

नाटक राम्रो बन्नुमा कथा र निर्देशकको मुख्य भूमिका हुने बताउँछिन् । भन्छिन् ‘यो नाटकका पात्रहरू आफैँमा बोल्ड छ । त्यसमाथि निर्देशक र सबै खारिएका कलाकार भएको कारण हो ।’ उनी रंगमञ्चका बारेमा अनभिज्ञ थिइन् । नाटकमा अभिनय गर्ने सिमित कलाकारमात्र उनले चिनेकी छन् । माधवी उनको पहिलो नाटक हो । अर्चनाले नाटक खेल्नुअघि जम्मा तीन वटा नाटक हेरेकी थिइन् । उनी बाहेक यस नाटकमा खेल्ने सबै पात्र नाट्य क्षेत्रमा नाम कमाईसकेका कलाकार छन् । माधवीबाट उनले अहिलेसम्म जतिपनि प्रशंसा पाईरहेकी छन् यसको श्रेय निर्देशक टंक चौलागाईलाई दिन चाहन्छिन् ।

8J6A0035

नाटक प्रर्दशन हुने मिति नजिकिँदै गर्दाको अनुभव सम्झेर अहिले पनि उनलाई जिरिङ्ग हुन्छ । त्यसबेलाको जस्तो डर उनलाई जीवनमा कहिल्यै लागेको थिएन । उनलाई हरपल कसरी सम्पन्न गर्ने होला भन्ने भयले सताइरहन्थ्यो । उनको मनमा ‘यदि मैले बिगारे भने त सबै खत्तम हुन्छ । मैले गर्दा सबैको मेहेनत खेर जान्छ । कसरी सक्ने हो ।’ भन्ने कुरा बारम्बार मनमा आईरहन्थ्यो ।

जत्ति नजिक प्रर्दशन गर्ने मिति त्यत्ति धेरै डर । अन्ततः साउन १४ आयो । राती ३ बजेदेखि निद्रा लागेन, छटपटी हुन थाल्यो । भनिन् ‘ओहो ! मलाई त बेस्सरी चिच्याएर रुन मन लागिरहेको थियो । तर रुन पनि सकिरहेकी थिइनँ ।’

मनभरि डर बोकेर १० बजेपछि नाटक घरतिर लागिन् । नाटकको लागि तयारी शुरु भयो । उनी एकदमै हडबडाईरहेकी थिइन् । ‘स्टेजमा जानेबेला मैले गर्दा अरुको मेहेनत बर्बाद हुनुहुन्न भन्ने कुरालाई मनमा राखेँ र स्टेजमा अभिनय गर्न थालेँ सबै डर हरायो । अरु मान्छे छ भन्ने याद नै भएनँ ।’

पहिलो दिनको अभिनय सकेर बाहिरिएपछि दर्शकको प्रसंशा पाएपछि धेरै ढुक्क भइन् उनी । त्यसपछि उनले दिनहुँ प्रंशसा पाईरहेकी छन् । भन्छिन् ‘मेरो पहिलो इन्ट्रीबाट नै दर्शकहरू प्रभावित भए, निकै खुशी छु, तर भविष्यमा यस्तै प्रस्तुति दिन सक्छु कि सक्दिनँ भनेर मन भारी हुन्छ ।’

madv

उनले गरेको अभिनय उनका प्रायः आफन्त सबैले हेरिसकेका छन् । उनका बुवा बाहेक । उनको बुवा वैदेहिक रोजगारीका सिलसिलामा पोर्चुगलमा छन् । तरपनि प्रत्येक दिन नाटक मञ्चनपछि फोन गरेर कस्तो भयो भनेर छोरीलाई सोध्ने गर्छन्  । उनका बारेमा आएका समाचार हेरेर छोरीलाई अझ राम्रो गर्न सल्लाह दिने गरेको अर्चनाले बताईन् ।

उनी भन्छिन ‘मेरो बुवाले मेरो अभिनयको बारेमा मैले खेलेको भुमिकाको बारेमा पत्रपत्रिकामा मात्र पढ्न पाउनुभएको छ । उहाँले प्रत्यक्ष हेर्न नपाउनु भएकोले मन खिन्न छ ।’ उनका प्रशंसकले उनलाई निशा शर्मापछिको शसक्त कलाकारको रुपमा लिन थालेका छन् ।

दर्शकले उनको अभिनय हेरेर निशा शर्मासँग तुलना गर्नु उनको लागि ठूलो उपलब्धि हो, तर  वर्षौंदेखिको रंगमञ्चको निशाको अनुभवसँगमेरो पहिलो प्रयासलाई तुलना गर्न नमिल्ने उनको तर्क छ । भन्छिन् ‘मलाई मेरो पहिलो अभिनय हेरेर नाट्य जगतमा वर्षौ काम गरेर नाट्य जगतलाई त्यस्तो योगदान दिईसक्नु भएका शसक्त कलाकार निशा शर्मा जस्तो व्यक्तिसँग तुलना गर्नु त मेरो ठूलो उपलब्धि हो तर भर्खर पाइला मात्र टेकेकीले मेरो हैसियत छैन ।, उहाँसँग तुलना गर्नुहुने मेरो प्रशंसक प्रति आभारी छु ।’

नाटकमा नारीलाई साधन बनाईएको जसरी अहिले पनि नारी साधन कै रुपमा प्रयोग भईरहेको उनको ठहर छ  । माधवी चरित्रले पौराणिक कालका महिलाका अवस्थालाई चित्रण गरेको छ । तर अहिलेपनि महिलाको यो अवस्थामा परिवर्तन नभएको उनी बताउँछिन् ।  ‘त्यो बेलाका र अहिलेका महिलाको अवस्थामा केही पनि परिवर्तन भएको जस्तो लाग्दैन । परिवर्तन भयो त महिलालाई प्रयोग गर्ने तरिका ।’ महिलाको अवस्था परिवर्तन गर्न महिला आफैँ शसक्त रुपमा आउनुपर्ने उनको निष्कर्ष छ ।

(तस्बिर सबै: एमडी सैफ)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: