महिला खबर
ललितपुर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको मतदान मध्यान्ह १२ बजेदेखि शुरु भएको छ । साउन २३ गते उद्घाटन भएको नेपाल विद्यार्थी संघको अधिवेशन प्रतिनिधि र गुट उपगुट विवादले लम्बिएको हो । बन्द सत्र नभइ सुरु भउको निर्वाचन प्रक्रिया साँझ सात बजेसम्म हुने बताइएको छ ।
महाधिवेसन शुरु हुनु केही दिनअघि जारी गरेको विधानले केन्द्रियसमितिलाई प्रदेशको संरचना अनुसार बनाएको छ । विधानले केन्द्रिय समितिमा एक तिहाइ महिला सहभागितालाई सुनिश्चित गरेको छ ।
विधान अनुसार नेविसंघको केन्द्रिय समितिमा एक उपाध्यक्ष, एक सह– महामन्त्री, सात प्रदेशबाट २, सामुदायिक र त्रिवी आंगिक क्याम्पसबाट एक एक जना सदस्य अनिवार्य हुनुपर्ने उल्लेख छ । चुनावमा महिला सहभागिता अनिवार्य गराउन केन्द्र र प्रदेशमा समेत छात्राछात्राबीच प्रतिस्पर्धा गराईएको छ ।
निर्वाचनअघि महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरिरहेकी उर्मिला थपलिया पार्टी नेतृत्व अविश्वास गरेको कारण उपाध्यक्षमा उम्मेद्वारी दिन बाध्य भएको बताएकी छिन् । संघको कोषाध्यक्षमा उम्मेद्वारी दिएकी अन्जना अर्यालले हार जीत भन्दा पनि निर्वाचनखमा आफ्नो सहभागितालाई नै महत्वपुर्ण मानेको बताएकी छिन् । महाधिवेशनबाट एक सहमहामन्त्री र पाँच केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
मधेशी आरक्षण कोटातर्फको सहमहामन्त्रीमा परमेश्वर साहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै आरक्षण पाँच क्षेत्रवाट पाँचै जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार छात्रा मुश्लिम आरक्षण कोटाबाट सितारा बानु, अपाङ्ग छात्रा आरक्षणतर्फ कल्पना खड्का, पिछडिएको क्षेत्र छात्रातर्फ सुमित्रा शाही निर्बिरोध निर्वाचित भएका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय तर्फ एक केन्द्रीय सदस्यमा सरोज रेग्मी निर्विरोध निर्वाचित भए। दुई वटा केन्द्रीय सदस्य आरक्षण कोटामा भने कसैको पनि उम्मेदवारी परेन । सामुदायिक क्याम्पस छात्रातर्फ र विदेश क्षेत्र अन्तरगत भारतबाट कसैले पनि उम्मेदवारी दिएनन् ।
Comment Here!