महिला खबर
मोरङ। पथरी शनिश्चरे १० स्थित शनिश्चरे वजारमा चारदिनभित्र दुईजना महिलाको हत्या भएको छ। प्रहरी चौकी र शसस्त्र प्रहरी कार्यालय नजिकै रहेको टोलमा हप्तादिन नहुँदै दुईजना महिलाको हत्या भएपछि स्थानीयले असुुरक्षित महशुस गर्न थालेका छन्। शनिश्चरेमा एकजना श्रीमानले कैँची प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
४७ वर्षीय विनोद परियारले ३९ वर्षीया श्रीमती कल्पनाको हत्या गरेका हुन। मंगलवार अपरान्ह टाउकोमा कैँची प्रहारबाट सिकिस्त कल्पनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसक्ने वताएपछि बुधवार घर फर्काउँदै गर्दा विहान वाटैमा ज्यान गएको हो। अभियुक्त विनोदलाई प्रहरीले पक्राउ गरेको छ। घटना प्रहरी चौकी शनिश्चरेको तीन सय मिटरको दुरीमा भएको हो।
गत शनिवार मात्र त्यही वडामा २१ वर्षीया समिक्षा कार्कीको हत्या भएको थियो। शनिश्चरे वजारमै रहेको कार्कीको घरमा सन्चालित होटलमा आएर पथरी शनिश्चरेका ३१ वर्षीय दिलिप घतानीले पछाडिवाट छुरी प्रहार गरी हत्या गरेका थिए। छुरा प्रहारवाट गम्भिर घाइते कार्कीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको थियो
Comment Here!