पुल नहुँदा खतरा मोल्दै विद्यालय जान बाध्य वालवालिका


प्रकाशित मिति :2016-08-18 12:38:42

पार्वती पाण्डे

balbalika
कपिलवस्तु  ।  जव छोरा छोरी विद्यालय पठाउने वेला हुन्छ स्थानिय सीता रानालाई चिन्ता हुन्छ । साँझ छोरा छोरी विद्यालयबाट घर नफर्किने बेलासम्म उनको मन आधा आधा हुन्छ ।   ‘विहान नौवजे छोरा छोरी तयार गरी पठाउने हो साँझ नआउँदासम्म मानसिक यातना भैरहन्छ, कतै खोलाको बाढीले छोरा छोरीलाई बगाउँछ की भनी मुटु कामिरहन्छ’ रानाले भन्नुभयो ।’ अर्घाखाँचीको सिमलपानीमा धैरैजसो अभिभावकलाई यसरी नै पिरोलिन पर्छ । ‘झरी लाग्यो भने झनै ठुलो चिन्तामा पर्छौ’  अर्की अभिभावक नविना शर्मा भन्छिन् ।   नदीमा पुल नहुँदा अर्घाखाँची सिमलपानी १ पावरा र विक्रम बस्तिका करिब स्थनीय  साठीजना भन्दा बढी विद्यार्थी जोखिम मोलेर विद्यालय जाने गरेका छन् । विक्रम र पावरा जोडने वाणगंगा नदीमा पुल नहुँदा विद्यार्थी दैनिकजसो वाढी तरेर विद्यालय पुग्ने गरेका हुन् । कपिलवस्तुको करिब ८ किलोमिटर उत्तर कपिलवस्तुको सीमा नजिक रहेको उक्त दुर्गम गाउँमा हालै मात्र विद्युत् सेवा पुगेको भएपनि अन्य विकासका पुर्वाधारबाट समेत पछाडि रहेको छ । नदी वारी विक्रम बस्ती र पारी पावरा विक्रम माध्यमिक विद्यालय भएपछि वर्षायाममा वर्षेनी सास्ती भोग्नु परेको कक्षा आठमा अध्यनरत छात्र गोपाल रानाले  बताए  । कक्षा तीनसम्म गाउँमै विद्यालय भएतापनि माध्यामिक तहसम्मकालागि नदी तरेर जानुपर्ने वाध्यता स्थानीय विद्यार्थीलाई  छ  ।

गाउँदेखि करिव दुईघण्टा जंगलको बाटो भएर झलुंगे पुल भएतापनी विद्यालयवाट फर्कंदा रात पर्ने र डर त्रासले गर्दा आफूहरू वर्षामा जस्तै जोखिम  मोलेरै भएपनी विद्यालय पुग्नुपर्ने बाध्यता रहेको कक्षा पाँचकी छात्रा उषा दर्लामीले बताईन्  ।  उनीलगायत गाउँका सवैजसो वालवालिकाको बाध्यता नै यस्तै छ । विद्यालय जाँदा वा आउँदा नदी बढेमा विद्यालय पुग्न सास्ती हुने गरेको विद्यार्थी बताउँछन् ।  विद्यार्थीमात्र होइन उनीहरूका अभिभावकहरू पनि विद्यार्थी विद्यालय पुग्ने र फर्कने समय भएपछि नदी किनारमै पुग्ने गरेको गाउँलेहरू बताउँछन् । ‘कुनैबेला पहाडमा पानी परिरहेको बेला एक्कासी नदी बढ्ने सम्भावना हुन्छ, पुल छैन  छोराछोरी पढाउनै पर्‍यो, के गर्ने  ठुलो समस्या छ’ स्थानिय मनेश्वर शर्मा भन्छन् । उता स्थानिय विकास अधिकारी  लक्ष्मि पाण्डे गौतमले वजेट अभावका कारण पुल समयमा बनाउन नसकेको स्वीकार गर्दै आगामी योजनामा  उक्त स्थानमा पुल बनाउने कामलाई प्राथमिकतामा राखिने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: