लैंगिक समानताका लागि सकारात्मक परिवर्तन हुँदै : न्यायाधिस उपाध्याय


प्रकाशित मिति :2016-08-18 13:22:15

महिला खबर

DSC04888
ललितपुर । छोटो समयमा लैंङ्गिक समानताका विषयमा सकारात्मक परिवर्तन भएको सर्वोच्च अदालतको न्यायधिश वैजनाथ उपाध्यायले बताउनुभएको छ ।  कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को ३० औं बार्षिकउत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले भन्नुभयो ‘लैंगिक समानतामा छोटो समयमा धेरै सकारात्मक भएको छ, थप समान अधिकारको लागि महिला कै जिम्मेवारी हो ।’ न्यायाधिश गोपाल पराजुलीले  महिला अगाडि आउन अहिले वातावरण निकै सकारात्मक बन्दै गइहेको बताउनुभएको थियो ।

DSC04891

कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्य किरण गुरुङले आयोगमा ६० हजार उजुरी परेको अझै आउने क्रम जारी रहेको जानकारी दिनुभयो ।

बार्षिक उत्सव कार्यक्रममा युएन सीड कमिटीका सदस्य बन्दना राणालाई प्रा.डा शान्ता थपलिया शसक्तिकरण पुरस्कारद्वारा सम्मान गरिएको थियो । ल्याकका पुर्व अध्यक्ष डा.शशी अधिकारीलाई संस्थामा योगदान  पुर्‍याए वापत कदरपत्र प्रदान गरिएको थियो ।

DSC04894

कार्यक्रममा नवनियुक्त न्यायाधिश सपना प्रधान मल्ललाई बधाई तथा शुभकामना दिईएको थियो । बधाई लिँदै उहाँले कार्यक्रममा आफ्नो स्वतन्त्रता बन्धक बनाएर अरु महिलाको अधिकार सुनिश्चित गर्न संवेदनशील भएको बताउनुभयो ।

त्यस्तै कानुनी सहयोग तथा परामर्श केन्द्र ल्याकका शाखा कार्यालयमा कार्यरत कास्कीकी शोभा पराजुली र सुनसरीकी मिना पुलामीलाई कदर पत्र प्रदान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: