महिला खबर
जुम्ला । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले सुमित्रा शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुनुहुन्छ । विद्यार्थी राजनीतिमा २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा पुगेका थिएनन् ।
नेविसंघको ११ औं महाधिवेशनले शाही केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको हो । जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती टोप्ला गाउँमा जन्मिएकी २२ वर्षीया शाहीले पिछडिएको क्षेत्रका लागि तोकिएको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको थियो ।
Comment Here!