राष्ट्रसंघको नेतृत्व महिलाले गरुन् भन्ने वान कि मुनको चाहना


प्रकाशित मिति :2016-08-18 15:25:51

महिला खबर
Ban-ki moon

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको दोस्रो ५ वर्षे कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदै छ । उनीपछि नयाँ महासचिवका लागि एघार जना आकांक्षी देखिएका छन् । तीमध्ये ६ जना पुरुष र ५ जना महिला छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद र महासभाले महासचिव नियुक्तिका लागि अन्तिम निर्णय गर्दछ, तर वान कि मुन भनेका छन् ‘यदि महासचिव छान्ने काम मेरो हातमा भइदिएको भए मैले महिलालाई अवशर दिने थिएँ ।’ राष्ट्रसंघ स्थापनाको ७० वर्षको इतिहासमा पहिलो महिला महासचिव निर्वाचित भएको देख्न चाहेको उनले बताएको बिभिन्न अन्तर्राष्ट्रय समाचारमाध्यमहरूले जनाएका छन् ।

वान कि मुनले सञ्चारमाध्यमसँग भने ‘सरकार, व्यावसाय,  राजनीति वा अन्य संस्थाहरूमा महिलाले नेतृत्व गरिरहेका छन् । राष्ट्रसंघमा पनि उनीहरूलाई अवसर दिनुपर्छ ।’ उनले थपे  ‘अहिले भिन्न, सकृय र उत्साहित महिला छन्, जसले वास्तवमै संसारलाई परिवर्तन गर्न सक्छन् , र संसारका अन्य नेताहरूसँग सकृयताका साथ कार्य गर्न सक्छन् ।’

तर सुरक्षा परिषदले गरेको २ वटा अनौपचारिक मतदानमा भने  २ जना प्रमुख उमेद्वार बुल्गेरियाकी ईरिना बोकोभा  र अर्जेन्टिनाकी शुशना मालकोरा पछाडि परेका छन्। ईरीना बोकोभोमात्र प्रथम पाँचमा तेस्रो  स्थानमा परेकी छन् ।

बोकोभा यूनेस्कोकी डाइरेक्टर जनरल हुन् भने  मालकोरा अर्जेन्टिनाकी विदेश मन्त्री हुन्।अर्को मतदान अबको दुई महिनापछि हुनेछ जसले महिला वा पुरुष कसले संयुक्त राष्ट्रसंघ नेतृत्व गर्ने भन्ने निर्धारण गर्नेछ।

थप समाचार…

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: