महिला खबर
दोलखा । दोलखाको भीरकोट गाविसमा पोषणको अवस्था जान्न सुत्केरी महिलाको पाखुराको नाप लिईएको छ । सो अवसरमा उनीहरूलाई कुकरी किट समेत वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यो किटमा खाना पकाउने भाँडा, एउटा थाल, पानी राख्ने ओङ्खोरा, डाडुपन्यू र चम्चा हुन्छ ।
पोषणको अवस्था जाँचका लागि ७० जना सुत्केरी महिलाको पाखुराको नाप लिँदा १० जनामा कुपोषण देखिएको थियो भने चारजना बच्चामा पनि कुपोषण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आयोजना गरेको कार्यक्रममा पोषणको महत्व, कुकरी किटको प्रयोग विधि, सन्तुलित भोजनलगायतको विषयमा जानकारी दिईएको थियो ।
नेपाल सरकार र युनिसेफको सहयोगमा भएको कार्यक्रममा हालसम्म दोलखाको ४ हजार सुत्केरी महिलालाई कुकरी किट वितरण गरिएको र बाँकी रहेका सुत्केरी महिलालाई पनि क्रमसः किट वितरण गरिने कार्यालयले जनाएको छ ।
Comment Here!