नेविसंघको उपाध्यक्षमा उर्मिला थपलिया


प्रकाशित मिति :2016-08-18 16:35:12

महिला खबर

 उपाध्यक्षमा बिजयी उर्मिला थपलिया

उपाध्यक्षमा विजयी उर्मिला थपलिया

ललितपुर ।  नेविसंघको  उपाध्यक्षमा छात्रा तर्फ उर्मिला थपलिया विजयी भएकी छन् । नेविसंघको ११ औं महधिवेशनबाट छात्रा तर्फ उपाध्यक्षमा  थपलिया र  सहमहामन्त्रीमा साधना घिमिरे विजयी भएका छन् । बुधवार भएको  नेविसंघको मतदानको नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मत गणना भएकाे हाे ।

तोकिएको संख्यामा महिला सहभागिता अनिवार्य गराउन नेविसंघमा दलित,जनजाति,मुश्लिम र मधेशीमा पनि छात्रा छात्राबीच प्रतिस्पर्धा गराईएको छ । निर्वाचन अघि महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरिरहेकी उर्मिला थपलिया पार्टी नेतृत्व अविश्वास गरेको कारण उपाध्यक्षमा उम्मेद्वारी दिन बाध्य भएको बताएकी थिईन् ।

सहमहामन्त्रीमा विजयी साधना घिमिरे

सहमहामन्त्रीमा विजयी साधना घिमिरे

यसैगरी केन्द्रीय सदस्यमा प्रदेश नम्बर २ वाट मेघा शाही र ३ वाट ज्ञानु तिमिल्सिना र कल्पना पौडेल विजयी भएका छन्।

यसैगरि उपत्यकाबाट एलिजा ढकाल र रुपा पोख्रेल केन्द्रीय सदस्यमा विजयी भएका छन्। नेपाल विद्यार्थी संघको विधानमा पदाधिकारीमा उपाध्यक्ष र सहमहामन्त्रीसहित प्रत्येक प्रदेशबाट दुई/दुई जना केन्द्रीय सदस्य र दलित,जनजाति, मुश्लिम, मधेशी, अपाङ्गता र पिछडिएको क्षेत्रबाट एक एकजना महिला आउनैपर्ने व्यवस्था छ।

उक्त वर्गबाट समेत छात्रा छात्रावीच प्रतिस्पर्धा गराइएको छ। पिछडिएको क्षेत्रबाट छात्रामा एक जनाको मात्रै उम्मेद्वारी परेकाले जुम्लाकी सुमित्रा शाही निर्विरोध निर्वाचित भइसकेकी छन्। उनी कर्णालीबाट नेविसंघको नेतृत्व तहमा आउने पहिलो छात्रा हुन्। १२९ निर्वाचित र २२ मनाेनित गरी नेपाल  विद्यार्थी संघकाे केन्द्रीय समिति १५१ सदस्यीय हुने छ । 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: