ईलाका प्रशासन कार्यालय लहानवाट राहधानी वितरण सुरु


प्रकाशित मिति :2016-08-19 11:28:26

यमुना खनाल

सिरहा । राहदानी  बनाउन लहानबाट पचास  र आसपासका गाबिसबाट ७५ किलोमिटर टाढा रहेको सिरहा सदरमुकाम जानु पर्ने बाध्यता हटेपछि यस क्षेत्रका बासिन्दा खुशी भएका छन् ।

ईलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसी राम पौडेलको पहलमा सदरमुकाम सिरहाबाट मात्रै बितरण हुँदै आएको राहादानी बुधबारबाट  ईलाका प्रशासन कार्यालय लहानबाट पनि वितरण हुन थालको हो । सेवा संचालन भएकै दिन तीन जनाले पासपोर्ट बनाएको पौडेलले बताउनुभयो ।

पाँचदेखि १० प्रतिशतसम्म मासिक ब्याजमा ऋण लिएर रोजगारीका लागि बिदेश जाने विपन्न गरिब परिवारका नागरिकको पासपोर्ट बनाउन लाग्ने खर्च ईलाका प्रशासन कार्यालयका कारण कम हुने भएपछि उनीहरू खुशी भएका हुन् ।

छिटो छरितो सेवा नजिकैको कार्यालयबाट पाउने भएपछि महिलाहरू पनि खुशी भएका छन्  ।  चर्को ब्याजमा ऋण लिएर श्रीमान विदेश गएपछि साहुले श्रीमतीलाई दुःख दिने, ब्याज तिर्दै आजित हुनुपर्ने बाध्यता भएका महिला राहधानी नजिकैबाट बनाउँदा मंहगो ब्याजमा लिएको पन्ध्रदेखि  बीसहजार रुपैयाँसम्म बच्ने भएकाले  खुशी भएकोे सिरहाको गाढा गाबिसकी श्रद्धा सदायले बताइन् ।
‘श्रीमान त विदेश गई हाल्छन्, ऋणको बोझ महिलाको काँधमा   आउने हुँदा यसले महिलामा खुशी थपेको छ’ उनले भनिन् ।

घर नजिकैको कार्यलयबाटै पासपोर्ट बन्ने भएपछि झन्झट र खर्च दुबै कम हुने भएकाले  आफूपनि बिदेश जान पासपोर्ट बनाउने महदेवा पोर्ताहाका लगनी सदाय र उनका श्रीमान दिपेन्द्र सदायले खुशी हुँदै भने ।

वैदेशिक रोजगारीका लागि जाने  गरिब र बिपन्न नागरिक नै कार्यालयमा पासपोर्ट बनाउन आउने गरेको देखेपछि उनीहरूले १० प्रतिशत मासिक ब्याजमा लिएको पैसा खर्च हुने, पासपोर्ट बनाउन धाउँदा दैनिक मजदुरी समेत छोड्नु पर्दा दाहोरो मर्का परेको देखेपछि सेवा संचालन गरेको ईलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसी राम पौडेलले बताउनुभयो ।

सिरहा सदर मुकाम सिरहाबाट पास पोर्ट बनाउन यो क्षेत्रका नागरिकले सेवा लिन पाँच, छ पटक सदरमुकाम  धाउनु पर्ने बाध्यता थियो । ऋण गरेर विदेश जान लिएको आठ , दश हजार रुपैयाँ पासपोर्ट बनाउनै खर्च गर्नुपर्ने बाध्यता देखेर नागरिकको सुबिधाका लागि सेवा संचालन गरेको पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२/०७३ मा ईलाका प्रशासन कार्यालय लहानबाट तीन हजार जनाले निबेदन दिएर सदरमुकामबाट पासपोर्ट लिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: