महिला खबर
सुनसरी । सप्तरी प्रहरीले बुधवार अपहरणमा परेकी एकजना वालिकाको भारतवाट उद्धार गरेको छ । अपहरणमा परेको एक दिन नहुँदै वालिकालाई अपरहणमुक्त गरेको हो ।
नर्घोका लक्ष्मण मण्डलकी सात वर्षीया छोरी सन्तोषी मण्डल घर नजिकै खेली रहेका बेला बुधवार दिउँसो चार बजे अपहरणमा परेकी थिइन् । उनलाई अपहरण गरी साइकलमा राखेर भारततर्फ लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय राजविराज, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी झुट्कीको संयुक्त टोलीले भारत मधुवनी जिल्ला अन्तर्गत करियौतबाट बिहान बालिकालाई सकुशल उद्धार गरेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो ।
सिमावर्ती ठाउँ करियौत नेपाल भारत सिमानावाट करिव १२ किलोमिटर दक्षिणमा पर्छ । बालिकाको खोजीका लागि उहाँकै नेतृत्वमा टोली भारत गएको थियो । घटनाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक ढकालले अपहरणकारीको पहिचान भई सकेको जनाउनुभयो । प्रहरीले वालिकालाई आफन्तको जिम्मा लगाएको छ ।
Comment Here!