महिला खबर
दोलखा । इकार्डस दोलखाले जिल्लाको किर्नेटार, खरीढुङ्गा र मागापौवा चेक प्वईन्टमा विभिन्न यात्रुवाहक बसमा गरेको जाँचका एकवर्षको अवधिमा ३ सय ६३ जना बालबालिकाको उद्धार गरिएको जनाएको छ ।
भूकम्पपछि अभिभावक गुमाएका या अभिभावक भएकालाई पनि बिभिन्न प्रलोभनमा पारेर बेचविखन गर्ने उद्देश्यले लाने गरेको कुरा सार्वजनिक भएपछि उक्त संस्थाले यात्रुवसमा जाँच सुरु गरेको सूचना अधिकृत मन्दिरा थापाले बताईन् ।
एकवर्षमा तीन वटा चेक प्वईन्टमा ५५ हजार ९ सय ४२ वटा यात्रुवाहक बसमा गरिएको जाँचमा २ सय ६९ वटा बसबाट अभिभावकको स्वीकृति बिना यात्रा गरेका दुईसय ३० जना बालक १ सय ३३ जना बालिकाको उद्धार गरिएको इकार्डस दोलखाले जनाएको छ ।
उद्धार गरिएका मध्ये ४ जना बालबालिकाको अभिभावक सम्पर्कमा नआएकाले पुर्नस्थापना केन्द्रमा राखिएको र अन्यलाई भने अभिभावकको जिम्मा लगाईएको थापाले बताईन् ।
Comment Here!