नेपाली महिलालाई अमेरिकामा एक लाख डलर पुरस्कार


प्रकाशित मिति :2016-08-19 16:10:59

महिला खबर
एजेन्सी। नेपाली आप्रवासी तथा अधिकारकर्मी लुना रन्जितले एक लाख अमेरिकी डलर  नगद ग्रिनेल पुरस्कार पाउने  भएकी छन् ।

luna ranjit

न्यू योर्कका नेपालीहरूबीच बिभिन्न सामाजिक कार्य गरी लोकप्रियता कमाएको संस्था ‘अधिकार’ कि संस्थापक सदस्य एवं कार्यकारी निर्देशक लुना रन्जितलाई न्यूयोर्क उक्त पुरस्कार दिइने भएको छ। लुनाले सन् २००५ मा ‘अधिकार’ को स्थापना गरेकी थिइन्। लुनालाई यो पुरस्कार सामाजिक न्यायका लागि प्रदान गरिएको हो । पुरस्कारको आधा राशी रन्जितलाई र आधा राशी उहाँको संस्थालाई प्रदान गरिनेछ ।

आईवा राज्यको ग्रिनेल शहरमा अवस्थित ‘सोसल साईन्स’ पढाई हुने ग्रिनेल कलेजद्वारा स्थापित यो अन्तर्राष्ट्रिय पुरस्कार सामाजिक न्याय एवं उत्तरदायित्वका लागि काम गर्नेलाई प्रदान गरिन्छ । यो पुरस्कार सन २०११ देखि हरेक वर्ष प्रदान गरिंदै आएको छ ।

लुनाले  सन २००० मा ग्रिनेल कलेजबाट ईकोनोमिक्स एण्ड ग्लोवल डेभलपमेन्ट स्टडिजमा स्नातक गरेकि थिइन्। यो पुरस्कार आउने अक्टोबरमा प्रदान गर्ने तय भएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: