आमाको हत्यारा पुर्पक्षका लागि थुनामा


प्रकाशित मिति :2016-08-21 11:40:00

सर्मिला बुढाथोकी  
दोलखा । आमाको हत्या आरोपमा पक्राउ परेका दोलखा लापिलाङ गाविस वडा नम्बर २ का रेशम खड्कालाई जिल्ला अदालत दोलखाले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । थुनछेक बहस पछि अदालतले यस्तो आदेश दिएको हो ।

गत साउन १० गते विहान दोलखा लापिलाङ गाविस वडा नम्बर २ की ८१ वर्षीय मानशोभा खड्का आफ्नै घरमा मृत भेटिएपछि प्रहरीले हत्या आरोपमा उनको माईला छोरा रेशम खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । खड्काले हत्या आरोप अस्विकार गरेपछि प्रहरीले जिल्लामै पहिलो पटक पोलिग्राम परिक्षण गरेको थियो ।

पोलिग्राफ परिक्षणमा हत्या रेशमले नै गरेको देखिए पनि उनले भने हत्या आरोप अस्विकार गर्दै आएका छन । आवश्यक प्रमाण सहित प्रहरीले आरोपिलाई सरकारी वकिल मार्फत अदालत पेश गरेको र खड्कालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको प्रहरी निरीक्षक विनोद सुनुवारले बताए ।

मृतक मानशोभालाई अरु कसैले हत्या गर्न सक्ने अवस्था नदेखिएको भन्दै प्रहरीले आमासंग भएको पैसा लिने कुरामा विवाद हुँदा रेशमले नै हत्या गरेको आरोप लगाएको छ । तर रेशमले भने अरु कसैले पैसा लुट्न आमाको हत्या गरेको हुन सक्ने भन्दै आफुले हत्या गरेको भन्ने आरोपको खण्डन गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: