महिला खबर
मोरङ । प्रहरीले एक बर्षको अवधिमा १६ वटा वालविवाह रोक्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो । प्रहरीका अनुसार गत वर्षको साउन देखि असार सम्ममा १६ वटा वालविवाह रोकिएको हो ।
प्रहरीमा विभिन्न श्रोतवाट आएको जानकारीका आधारमा विवाह तय भइसकेका बालबिवाह रोकिएको हो । गत फागुन देखि असार मसान्त सम्ममा मात्र १२ वटा बालविवाह रोकेको प्रहरीले जनाएको छ । बालविवाहका विरुद्ध दर्जनौ सघ सस्था कृयाशिल भएपनि मोरगमा बालविवाह गर्ने क्रमले अझै निरन्तरता पाइरहेको प्रहरीको यहि तथ्याँकले पनि जनाउछ । त्यसो त मोरगको तेतरिया गाविस १० बर्षको प्रयास वाट बालविवाह मुक्त गाविस घोषणा भइसकेको छ । विराटनगर पहिलो बालमैत्री उपमहानगर हो ।
प्रहरीको तथ्याँक अनुसार मोरग जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटना भने गत वर्षको भन्दा कम भएका छन । आर्थिक बर्ष ७१/७२ मा ६२ वटा जबरजस्ती करणीका घटना भएकोमा आर्थिक बर्ष २०७२/७३मा ५२ वटा भएका छन । यसैगरि जबरजस्ति करणी उद्योगका गत आर्थिक बर्ष ७१/७२ मा ३१ वटा घटना भएकोमा आर्थिक बर्ष २०७२/७३मा १५ वटा भएका छन ।
प्रहरीको तथ्याँकले मानव बेचबिखनका घटना पनि कम भएको देखाउछ । आर्थिक बर्ष ७१/७२ मा १२ वटा मानव बेचबिखनका घटना भएको तर आर्थिक बर्ष २०७२/७३मा मा पाँचवटा बेचबिखनका घटना भएको जनाइएको छ । मोरङमा मुद्धा दर्ता हुने सँख्या पनि बर्षेनी घटदै गएको छ । २०७०/७१मा १२सय ५५ मुद्धा दर्ता भएका थिए । आर्थिक बर्ष ७१/७२ मा ११ सय १९ र आर्थिक बर्ष २०७२/७३मा ९ सय ७१ वटा मात्र मुद्धा दर्ता भएका छन । पत्रकार सम्मेलनमा मोरगका प्रहरी प्रमुख सन्दिप भण्डारीले प्रहरीको सकृयताका कारण अपराधका घटनामा कमि आएको दावी गर्नुभयो । अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोगले पनि सामाजिक अपराधमा कमि आएको उहाँको भनाई छ ।
अत्याधुनिक वयान कक्ष
यसैबिच जिल्ला प्रहरी कार्यालय मोरङले अत्याधुनिक वयान कक्ष निर्माण गरेको छ । अटो रेकडर प्रणाली सहितको कक्ष बनाएको हो ।
यस्तो अत्याधुनिक कक्ष देशभरमै पहिलो भएको मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले गरेका छन् । यो कक्षमा प्रहरीका अनुसन्धान अधिकृत र आरोपित मात्र बसेर कुरा गरिए पनि त्यहाँ भएका सबै कुराहरु आफै रेकर्ड हुने प्रणाली जडान गरिएको उहाँले जानकारी दिनुभयो । त्यो रेकर्ड प्रहरीको उच्च अधिकारीले सोझै सुन्न सक्ने व्यवस्था मिलाइएको छ ।
Comment Here!