महिलामा आँखाको संक्रमण बढ्यो


प्रकाशित मिति :2016-08-21 12:22:18

सुमित्रा कोईराला

उदयपुर । उदयपुरमा आँखाका रोगीको संख्यामा बृद्धि हुँदै गएको छ । उदयपुरमा पुरुषको तुलनामा महिलामा आँखाको संक्रमण बढेको  अस्पतालले जनाएको छ ।  जिल्लामा गत वर्षको तुलनामा आँखाका रोगी महिलाको संख्या बढेको आँखा उपचार केन्द्र गाईघाटले जनाएको छ ।

गत वर्ष ५२ प्रतिशत महिलामा आँखाको संक्रमण देखिएकोमा अहिले यस अवधिमा ५६ प्रतिशत महिला आँखाको उपचार गर्न आएको केन्दैको तथ्याकं छ ।  गत साल ७ हजार ९ सय जनाले उपचार गरेकोमा हाल विरामीको संख्या बढेर ८ हजार ७ सय पुगेको उपचार केन्द्रले जनाएको छ ।

नेपाल नेत्र ज्योती संघ उदयपुरद्धारा संचालित आँखा उपचार केन्द्रले उदयपुरले हालसम्म नब्बे हजार आँखाका विरामीको उपचार गरेको जानकारी दिएको छ । संघले आफ्ना क्रियाकलापको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा आँखाका नानी सम्बन्धी रोग र भाईरल इन्फेक्सन सम्बन्धी समस्या अत्यधिक रहेको डा. मुरारी तिम्सिनाले जानकारी दिए ।

डा. तिम्सिनाका अनुसार आँखा उपचार केन्द्रमा अहिले दैनिक ९० देखि १२० जनासम्म आँखाका विरामी उपचारका लागि आउने गरेका छन । सिराहाको लहान स्थित सगरमाथा आँखा अस्पतालको प्राविधिक सहयोगमा २०६४ सालदेखि उदयपुरमा नेत्र ज्योती संघबाट उपचार केन्द्र संचालनमा रहेको छ ।

पत्रकार सम्मेलनमा आगामी एक वर्ष भित्र गाईघाटमा आँखा अस्पतालको भवन निर्माण गर्न जापानी दुतावास र अन्य निकायले सहयोग गर्न प्रतिवद्धता जनाएको संघका अध्यक्ष भागवत राउतले जानकारी दिए । उनले भने ‘जापानी राजदुतावासले भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको र त्रियुगा नगरपालिकाले जग्गा उपलब्ध गराई सकेकोले अर्काे पत्रकार भेटघाट कार्यक्रममा हामी आफ्नै भवनमा उपस्थित हुनेछौ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: