महिला खबर
सुनसरी । स्थानीय निकाय पुर्नसंरचना आयोगले प्रस्ताव गरेको स्थानीय निकायको संख्याका विषयमा देशभर छलफल भइरहेका वेला झापाली महिलाले चासो व्यक्त गरेका छन् । उनीहरूले आधा आकाश ओगट्ने महिलालाई समानअधिकार र सहभागिता रहने गरी स्थानीय तहको पुर्नसंरचना हुनुपर्नेमा जोड दिएका छन् । राज्यका सवै तहमा महिलाको सहज पहुँच हुने गरी स्थानीय निकायको पुर्नसंरचना हुनुपर्ने महिलाको माग छ । संवाद समूह झापाको संयोजनमा विर्तामोडमा भएको छलफलमा महिला नेताले विवादरहित ढंगले स्थानीय तहको पुर्नसंचनामा सरोकारवाला सबै अग्रसर हुनुपर्ने वताएका छन् ।
झापाका लागि तोकिएका दशवटा गाउँपालिका तथा नगरपालिकाको संख्या कम भएको उनीहरूको भनाई छ । यसको दोब्बर हुनुपर्ने उनीहरूले सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकाल, सचिव टिका मैनाली, अखिल नेपाल महिला संघकी अध्यक्ष जसमाया गजमेर, अन्तर पार्टी महिला सञ्जालकी पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपाने र राप्रपा नेपालकी शारदा रिजाललगायत वोलेका थिए । लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा लाख वढी महिला स्थानीय निकायको नेतृत्व गर्नवाट वन्चित भएको उनीहरूको भनाइ छ ।
Comment Here!