श्रीमान साथमा नहुँदा पुर्ननिर्माणको रकम लिन समस्या


प्रकाशित मिति :2016-08-22 15:29:46

सर्मिला बुढाथोकी   

श्रीमान सँगै नभएका कारण रकम पाउन नसकेकी समझना थामी

श्रीमान सँगै नभएका कारण रकम पाउन नसकेकी सम्झना थामी

दोलखा । दोलखा लापिलाङ गाविसकी सम्झना थामी भूकम्प गएको एक वर्ष वितिसक्दा पनि टहराबाट घरमा सर्न सकेकी छैनन् । आर्थिक अवस्था कमजोर भएको सम्झनाले सरकारले दिने भनेको दुईलाख रुपैयाँबाट घर बनाएर सर्ने योजना बनाएको भएपनि गाविस सचिवले सम्झौता गर्न नमानेपछि उनी बिलखबन्दमा परेकी छन् ।

‘श्रीमान विदेश गएको तीन महिनामा भूकम्पले घर भत्काईदिया, उतिबेला श्रीमान नभए पनि गाविसले भूकम्प पीडित कार्ड पनि दियो, १५ हजार पनि दियो, तर अहिले भने श्रीमान नआई दुईलाख दिने सम्झौता गर्न सकिँदैन भन्छन्’ सम्झनाले भनिन्  । श्रीमान तत्काल आउन सक्ने आस्था छैन, अझै अरु कति समय टहरामा विताउनु पर्ने हो, बालबच्चा चेपेर कसरी गुजारा गर्ने हो, सम्झनाले गुनासो गर्दै भनिन् – बरु पहिलेनै कार्ड नदिएको भए एउटा अर्थ हुने थियो, सरकारको दुई थरी नियमले समस्यामा पारिदियो ।

दोलखा मिर्गेकी ल्हामु शेर्पालाई पनि समझनाको जस्तै समस्या आयो । भूकम्प पीडित कार्ड आफ्नो नाममा भएर पनि श्रीमान विदेश भएकै कारण सुरुमा  पुर्ननिर्माणको रकम पाउन नसकेकी ल्हामुले भने स्थानिय गाँउलेले सरजमिन गरिदिएपछि पहिलो किस्ताको रकम प्राप्त गर्न सकेको बताईन् ।

लापिलाङ गाविसमामात्रै आफ्नो जस्तो समस्या भएका ८/१० जना महिला रहेकाले सरकारले सहज ढङ्गले रकम पाउने व्यवस्था गरिदिनु पर्ने सम्झनाको माग छ । ‘भूकम्पले त पीडित बनायो बनायो श्रीमानसँगै नभएकै कारण सहयोग रकम समेत पाउन सकिएन’ – सम्झनाले गुनासो गरिन् ।

जिल्ला विकास समिति दोलखाका स्थानिय विकास अधिकारी बिष्णुप्रसाद शर्मा भूकम्प पीडित कार्ड आफ्नो नाममा भएर पनि श्रीमानसँगै नभएका कारण अनुदान रकम नपाएको समस्या जिल्लाका धेरै गाविसबाट आउने गरेको स्वीकार गर्छन् । यस्तो अवस्थामा आवश्यक प्रमाण लिएर आउनेलाई जिविसले सिफारिस दिएपछि बैङ्कले रकम भुक्तानी गरीदिने उनी बताउछन् । कानुनी तथा अन्य समस्याका कारण श्रीमानसँगै नहुदा बैङ्कले रकम दिन नसक्ने हुनाले जिविसले सिफारिस बनाईदिने शर्माले बताए । ‘श्रीमान नभएकै कारण रकम नपाउने भन्ने हैन, तर केही प्रकृया पुरा गर्नुपर्ने भएकाले श्रीमान सँगै नभएको अवस्थामा जिविसको सिफारीस भने चाहिन्छ’ – स्थानिय विकास अधिकारी शर्माले भने  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: